सोमबार, कार्तिक १० गते २०८३

नवजागरण सहकारीको २५ औं साधारण सभा, सदस्यलाई  दियो २० लाख संरक्षित पुँजी कोषबाट फिर्ता 

आश्विन २१, २०८० आइतबार
नवजागरण सहकारीको २५ औं साधारण सभा, सदस्यलाई  दियो २० लाख संरक्षित पुँजी कोषबाट फिर्ता 


नवजागरण बचत तथा ऋण सहकारी संस्थाको  साधारण सभा सम्पन्न भएको छ । रामेछापको मन्थलीमा रहेको नवजागरणले  २५ औ बार्षिक साधारण सभा सम्पन्न गरेको हो । आश्विन ९ गते बाट १७ गतेसम्म सस्थाका कार्यक्षेत्रको विभिन्न स्थानमा क्षेत्रगत रुपमा वार्षिक साधारण सभा सम्पन्न गरि  असोज २० गते मन्थलीको  सामुदायिक आवास भवनमा  सभा समापन गरेको हो । संस्थाका अध्यक्ष श्याम थापा तथा मन्थली नगर प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा  सभा सम्पन्न भएको संस्थाले जनाएको छ ।

 २५ औ बार्षिक साधारण सभाको अवसरमा संस्थाले नेपाल रेडक्रस सोसाईटी रामेछाप मन्थलीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत गरेको थियो । रजत बर्ष  समेत भएकाले  साधारण सभा संस्थाका ८० बर्ष माथिका  ४९ जना सदस्यलाई सम्मान गरिएको थियो ।  संस्थाले बिभिन्न एकाई सभामा नै  सम्मान गरी सम्मान गर्न बाँकी जेष्ठ शेयर सदस्यहरुलाई हिजो  सम्मान गरिएको  थियो । बिगतको बर्षमाझै  सभामा असल ऋणी सदस्य र उत्कृष्ठ  बचतकर्ता  गरी ३० जना शेयर सदस्यलाई सम्मान गरिएको थियो  ।

 सभामा सस्थाका सचिव सोमेश थापाले निति तथा कार्यक्रमहरु  प्रस्तुत  गरेका थिए  । सभामा आर्थिक वर्ष २०७९।०८० को अन्त्यमा संस्थाको कुल सम्पत्ति रु ६६ करोड ४८, लाख  १९ हजार  कुल बचत  ५० करोड ५१ लाख ६६ हजार र शेयर पूँजी  ४ करोड ७६ लाख पुगेको सभामा जानकारी दिइयो ।  संस्थाको   लगानीमा रहेको ऋण  ४० करोड ५२ लाख , संस्थागत पूँजी ६ करोड ३६ लाख र संचालन मूनाफा करकट्टी अघिको  १ करोड २६ लाख  रहेको विवरण कोषाध्यक्ष नारायण बहादुर कार्कीले सभामा  प्रस्तुत  गरेको थिए  । साथै सभाले सदस्यहरुलाई ८.२५ प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट २० लाख ५९ हजार  बचतमा योगदान गर्ने  र  ऋणमा योगदान गर्ने सदस्यहरुलाई  वितरण गर्ने निर्णय सभाले गरेको छ ।

  बिभिन्न संघ संस्थाका  अतिथीगण,सहकारी अभियन्ता,पत्रकार,बुद्धिजीवी बर्ग साथै सस्थाका संचालक समिती पदाधिकारी,लेखा समिती,सल्लाहाकार समिती, उपसमितीहरु, कर्मचारी समुह र शेयर सदस्यहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो । 

379925719_864744678362447_983311676027307879_n.jpg