नेचुरल बचत तथा ऋण सहकारी संस्था र समरा गार्डेन एण्ड क्याटरिङ प्रा।ली।बीच सम्झौता भएको छ । । संस्थाले साँखु सेवा केन्द्रका सदस्यहरुलाई लक्षित गरी सम्झौता गरेको हो ।
सम्झौतासँगै शंखरापुर नगरपालिका–६, साँखुमा रहेको समरा गार्डेन एण्ड क्याटरिङमा नेचुरल सहकारीमा आवद्ध सदस्यहरुले विशेष छुट पाउनेछन् । उक्त सम्झौता पत्रमा संस्थाको तर्फबाट प्रमुख कार्यकारी विकल्प पाठक र समरा गार्डेन एण्ड क्याटरिङको तर्फबाट कार्यकारी प्रमुख जय नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
अब नेचुरल सहकारीका सदस्यले समरा गार्डेन एण्ड क्याटरिङमा सेवा लिँदा निःशुल्कदेखि ५० प्रतिशतसम्म छुट पाउनेछन् । क्याफेटेरियामा, फुड एण्ड वेभरेज, इभेन्ट एण्ड सेभिनारमा १० प्रतिशत छुट पाउनेछन् । त्यस्तै रुममा २० र हलमा ५० प्रतिशत छुट पाउनेछन् ।
सम्झौता कार्यक्रममा नेचुरल सहकारीका साँखु सेवा केन्द्र प्रमुख श्रीलाल श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिती थियो ।