शनिबार, आश्विन १७ गते २०८३

घोराही सिमेन्टको आइपीओ बाँडफाँट, १० देखि ७० कित्ता भर्नेले पाए पुरै

आषाढ ३१, २०८० आइतबार
घोराही सिमेन्टको आइपीओ बाँडफाँट, १० देखि ७० कित्ता भर्नेले पाए पुरै

 

घोराही सिमेन्ट इण्डष्ट्रीले सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङ्गको कार्यालयमा दिउँसो ३:३० बजे शेयर बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओ १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनाले माग अनुसार नै पाएका छन् । यस्तै ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले शेयर वितरण गरेको छ ।

त्यस पश्चात बाँकि रहेको ६ हजार ९१० कित्ता शेयर ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जना  मध्ये ६९१ जनालाई गोलाप्रथा माध्यमबाट थप १० कित्ताका दरले वितरण गरेको छ । त्यस अनुसार अधिकत ८० कित्ता सम्म शेयर पाएका छन् । 

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशत अर्थात ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरका ९७ लाख ४३ हजार ८०१ कित्ता शेयर मध्ये ५ प्रतिशतले हुन आउने ३ करोड ९७ लाख ९१ हजार रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँमा ३०० थप गरी प्रतिशेयर ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ ।