समय योजना र ब्यवस्थापन: समयको महत्व बुझेर काम गर्ने समय तोक्ने र तोकिएको समयमा काम गर्ने ।
उत्तराधिकारी योजना: आफु पछिको नेतृत्व तयार गर्न सक्ने ।
स्पष्ट वक्ताः आफ्ना कुराहरु स्पष्ट राख्ने ।
कानुनी परिपालनाः राज्यले ब्यवस्था गरेको ऐन, कानून र सहकारी संस्थाको बिनियम, कार्यविधि, निर्णयहरुको पूर्ण पालना गर्ने, गराउने क्षमता भएको ।
स्वाभिमानिः आफ्नो स्वाभिमान भएको ।
ईगोः कुनै बिषयमा ईगो नलिने, नराख्ने ।
समन्वयः सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता भएको ।
आत्मप्रेरितः आफै उत्प्रेरित भई कार्य गर्ने ।
नम्रताः बोली, बचन, ब्यवहारमा नरम ।
अरुको ख्याल गर्नेः शेयर सदस्य, समाज र अधिनस्थको ख्याल गर्ने ।
आत्म जागरुकः आफैं जागरुक भई कार्य गर्ने ।
भावनात्मक वौद्धिकताः अधिनस्तहरुको दुःख, पिडा बुझ्नसक्ने भावनासहित बौद्धिक क्षमता भएको ।
आत्म अनुशासनः आफु अनुशासनमा बसी अरुको उदाहरणीय बन्ने ।
जोशः ऐन, नियमावली, निर्देशन, बिनियम, कार्यविधिहरु बमोजिम आवश्यक समयमा निर्णय गरी कार्यान्वयन गराउन सक्ने उत्साह भएको ।
लचकताः कसैलाई असर नपर्ने गरी लचक बन्ने क्षमता भएको ।
जवाफदेहीः आफुले र आफ्नो अधिनस्तहरुले गरेको कामको जवाफ दिन सक्ने क्षमता भएको ।
सहयोगीः शेयर सदस्यहरु र अधिनस्तहरुलाई मनै देखी सहयोग गर्ने भावना भएको ।
प्राविधिक जानकारः सहकारी संस्थाले प्रयोग गरेको बिभिन्न प्रविधिहरुको बारेमा न्यूनतम ज्ञान भएको ।
निष्ठावानः आफ्नो लागि कहिलै स्वार्थ नराख्ने ।
प्रत्यायोजन गर्ने क्षमताः सबै अधिकार आफैमा नराखी अधिनस्तमा उचित प्रत्यायोजन गर्ने क्षमता भएको ।
सञ्चार सिपः अवरोध ब्यवस्थापन सहित सञ्चार गर्ने क्षमता भएको ।
कृतज्ञताः राम्रो काम गर्ने र सहयोग गर्नेप्रति कृतज्ञ बन्न सक्ने ।
सिक्ने क्षमताः निरन्तर सिक्न चाहने र सिक्नको लागि समय दिन सक्ने ।
प्रभाव पार्ने शैलीः समाज, शेयर सदस्य र अधिनस्तलाई प्रभाव पार्न सक्ने क्षमता भएको ।
सहानुभूतिः आवश्यकता अनुसार सहानुभुति प्रकट गर्ने क्षमता भएको ।
साहसः पराक्रमी, आँट भएको ।
सम्मानः अरुले गरेको राम्रो काम र अरुको सम्मान गर्ने सक्ने ।
नविन खोजः नयाँ नयाँ कुराको खोजी गरी सदस्य सेवा थप गर्न सक्ने ।
इमान्दारः इमान्दारीताको कारण अरुको उदाहरण बन्न सक्ने ।
प्रभावकारी सुन्ने क्षमताः शेयर सदस्य, समाज र अधिनस्तहरुको कुरा सुन्न सक्ने क्षमता भएको ।
आत्मविश्वास: केही गर्न सक्छु भन्ने आत्मबिश्वास भएको ।
दुरदृष्टि: सहकारी संस्थालाई सफल बनाई भविश्यमा कहाँ पु¥याउने ? भावि दिनमा शेयर सदस्यहरुलाई कसरी प्रभावकारी सेवा प्रदान गर्ने ? भन्ने स्पष्ट दृष्टिकोण भएको ।
प्रतिनिधित्व क्षमता: सम्बन्धित निकाय तथा आवद्ध संघहरुमा प्रभावकारी प्रतिनिधित्व गर्न सक्ने क्षमता भएको ।
निर्णय क्षमता: उचित र आवश्यक समयमा बिभिन्न बिकल्पहरु मध्ये उचित बिकल्प छनौट गरी निर्णय गर्न सक्ने ।
समस्या समाधानः समस्या देखी नडराई समाधान गर्न सक्ने ।
निष्पक्ष मनोवृत्ति: सबै लाई समान ब्यवहार गर्न सक्ने सोच भएको र सोही अनुसार ब्यवहार गर्ने ।
जिज्ञासु: जुनसुकै बिषयमा जिज्ञासु भई सिक्ने र ब्यवहारमा उतारी प्रभावकारी सिकाई प्रमाणीत गर्ने ।
अरुलाई सशक्त बनाउने: शेयर सदस्यहरु र अधिनस्तहरुलाई सशक्त बनाउन सक्ने क्षमता भएको ।
समानता र समता: सबैलाई समान ब्यबहार गर्ने र कमजोरलाई प्राथमिकता दिई समता कायम गर्न सक्ने ।