सोमबार, मंसिर ७ गते २०८३

क्रान्तिकारी कम्युनिष्ट एकतामा जोड दिदै नेकपाको बैठक सम्पन्न


मंसिर ६, २०८३ आइतबार
क्रान्तिकारी कम्युनिष्ट एकतामा जोड दिदै नेकपाको बैठक सम्पन्न
नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिको बैठक यही मंसिर ४ – ५ गते काठमाण्डौमा पार्टीका संयाेजक लाेकनारायण सबेदीकाे अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्षमा क्रान्तिकारी कम्युनिष्टहरुको एकतालाई पुनः जोड दिदै राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र जन जीबिबिकाका समस्या हल गर्न क्रान्तिकारी कम्युनिष्टहरुको एकता सहकार्य र संयुक्त आन्दोलन पहिले महिल्यैभन्दा बढी आवश्यक बन्न पुगेको निष्कर्श निकालेको छ ।
नेपालको वर्तमान समग्र राजनीतिक परिस्थितिलाई केवल सरकार परिवर्तन, नयाँ–पुराना दलबीचको प्रतिस्पर्धा वा नेतृत्वको असफलताका रूपमा मात्र बुझ्नु पर्याप्त नहुने यथार्थ औल्याउँदै बैठकले यसको मूल प्रश्न राज्यसत्ता, उत्पादन सम्बन्ध, वर्गीय स्वार्थ, राष्ट्रिय स्वाधीनता र जनताको वास्तविक अधिकारसँग जोडिएको प्रष्ट पारेको छ ।
ccbaithak2.jpg
बैठकले नपालको बर्तमान सत्ता र अर्थतन्त्रमा साम्राज्यबाद परस्त पुरानो सामन्ती अबशेष, प्रभावशाली बिदेशी पुँजी, व्यापारिक स्वार्थ जेलिएको र स्थापित भएको शक्ति सम्बन्धको प्रभाव र बर्चश्कायम रहेको यथार्थ औल्याउँदै यस स्थितिलाई चिर्न तथा देश र जनतको पक्षमा बदल्न बृहत र  निर्णय संयुक्त आन्दोलनको कुनै बिकल्प छैन भन्ने निष्कर्श निकालेको छ । 
बैठकले आन्तरिक एकीकरणका बाँकी प्रकृयालाई सर्बोपरी प्राथमिकताकासाथ पूर्णता दिने र संगठनलाई सुदृढीकरण गर्ने तथा आगामी एकता महाधिवेशनको तयारी गर्ने निर्णयका साथ दस्ताबेज कमिटी र आर्थिक कमिटी पनि गठन गरेको छ भने अधिवेशनको स्थान र समय आवश्यक छलफल गरी पछि तोकिने निर्णय लिएको छ । 
बैठकले स्थानीय निर्बाचनमा जनता र राषट्रकाे पक्षमा खडा हुने समेत निर्णय लिएकाे छ ।