मंगलबार, कार्तिक २५ गते २०८३

नेपाल सम्बत ११४७ शुभारम्भ


कार्तिक २५, २०८३ मंगलबार
नेपाल सम्बत ११४७ शुभारम्भ

काठमाडौं, । आजबाट नेपाल संवत् ११४७ शुभारम्भ भएको र आज देशैभरी र अन्तराष्ट्रिय जगता पनि विभिन्न कार्यक्रमको आयोजना गरी यो नेपाल सम्बत मनाइदै छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं. ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचनगरी नेपाल संवत् शुरुगराएको इतिहास छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा शुरुभएको नेपाल संवत् नेपालकै मौलिक संवत् नै हो । लिच्छविकालअघि नेृपालमा शक संवत् प्रचलनमा रहेको इतिहासमा पाइन्छ ।
नेपालको नामबाट नामकरण गरिएको यस संवतलाई राष्ट्रिय मान्यता दिलाउन ००७ सालमा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदैआएको हो । नेपाल संवतको नयाँ वर्ष काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । बहुदलीय ब्यवस्थाको पुनस्र्थापना पछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०५६ सालमा शंखधर  साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

त्यसपछि ०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । काठमाडौँमा कार्तिक कृष्ण औँशीका दिन पुरानो बहीखाता बन्दगरी नयाँवर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता शुरुगर्ने परम्परा पनि कायम रहेको छ ।