कचोर्वा, बारा । एक बिशेष समारोहका बीच बारा कचोर्वामा नेपाल कम्युनिष्ट पार्टीका मार्गदर्शक कमरेड पुष्पलालका सहयोद्धा एबं नेपाल कम्युनिष्ट पार्टीका पुराना केन्द्रिय सदस्य तथा तत्कालीन अखिल नेपाल किसान संघका केन्द्रिय अध्यक्ष रहनु भएको क्रान्तिकारी अग्रज किसान नेता कमरेड हरिहर यादवको उच्च सम्मानकासाथ सम्झना गरियो । उहाँको २२औं स्मृति दिवस २०८३ कार्तिक ८ गतेका दिन दिउसो सिम्रौनगढ नजिक रहेको उहाँको शालिमा २२ वटा कम्युनिष्ट झण्डा उचालेर उहाँप्रति क्रान्तिकारी सम्मान दर्शाउँदै कमरेड हरिहर यादब अमर रहुन् भन्ने गगनभेदी नारा गुञ्जाइएको थियो भने उहाँको शालिकमा माल्यार्पण पनि गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सचिवालय सदस्य कमरेड नागेन्द्र प्रसाद यादबले अगुवाई गर्नु भएको त्यस उच्च सम्मान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुबेदी, तथा पार्टीका सचिलालय सदस्य कमरेडहरु, शरणबिक्रम मल्ल, बीके अर्याल, रामदुलार महतो, ठाकुर खपाङ्गी तथा कमरेड हरिहर यादवका निकट अनुयायी, जन साहित्यकार, गायक तथा भाषाबिद् एबं नेपाली कम्युनिष्ट पार्टीका नेता गोपाल ठाकुर लगायतका नेता तथा कार्यकर्ताहरुले भावपूर्ण श्रद्धा सुमनकासाथ माल्यार्पण गर्नुकासाथै क्रान्तिकारी कम्युनिष्ट तथा किसान नेता हरिरहको शालिक अगाडी एक झण्डा पनि फहराउँदै झण्डा सपर्मण गरिएको थियो ।
अपरान्ह ३ बजेदेखि पुरानो कचोर्वा बजारमा शुरु भएको हरिहर यावद स्मृति सभामा बोल्नु हुने सबै बक्ताहरुले उहाँको क्रान्तिकारी जीवनको बहुआयामिक आन्दोलनकारी प्रतिभाको उजागर गर्नु हुँदै उहाँबाट सिक्नु पर्ने आवश्यकता आज अझ बढेको र सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको एकताको सान्दर्भिकता पहिले कहिल्यैभन्दा तीब्र बनेको यथार्थ औल्याउनु भएको थियो ।

कार्यक्रममा बोल्नु हुँदै नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुबेदीले कमरेड पुष्पलालका सच्चा अनुयायी क्रान्तिकारी किसान नेता क.हरिहर यादब आफ्ना क्रान्तिकारी किसान सहयोद्धा हरिदयाल महतो, मोहम्मद अमिन, नन्दन अर्याल तथा महादेब साह लगायतसँग मिलेर भूमिसुधार, मोहियानी हकको रक्षा, त्रिभागा आन्दोलन, तमसुक फट्टा आन्दोलन, जी आन्दोलन जस्ता जुन सामन्तबाद तथा साम्राज्यबाद बिरोधी आन्दोलनको सुत्रपात गर्नु भयो त्यो नेपालको जन आन्दोलनको इतिहासमा अत्यन्तै शिक्षाप्रद र आमूल क्रान्तिकारी परिबर्तनका लागि अहिले कृषि र किसानलाई तहसनहस पारिदै लगेको र बाह्य हस्तक्षेप अझ बढ्दै गएको बेलामा अझ बढी आवश्यक छ भन्नु भयो ।
नेपाल कम्युनिष्ट पार्टी यतिबेला त्यस्तै क्रान्तिकारी एकताको खोजीमा लागेको बताउँदै उहाँले कमरेड पुष्पलाल र उहाँका सच्चा अनुयायी क. हरिहर यादबबाट सिक्ने हो भने किसानलाई जमिन, जल, जंगल, जडीुबटी र जनसशक्ति प्रदान गरेर कृषि र किसानको उत्थान र प्रगत गर्न सकिन्छ, राष्ट्रिय औद्योगिकरणको ठोस आधार तयार गर्न सकिन्छ र रोजगारी पैदा गर्न सक्छि अनि यसरी राष्ट्रियता, जनतन्त्र र जनजीबिकाका समस्या हल गर्न पनि सकिने ठोस आधार बन्छ भन्ने कुरा प्रष्ट पार्दै यस्तो सही नीति अघि सार्ने क. हरिहर यादब जस्ता राष्ट्रिय ब्यक्ति जन्माउने उर्बर कचोर्वा गाउँ र यहँका निबासी सम्पूर्ण दाजुभाई दिदी बहिनीहरु धन्यछन् र यस्तो क्रान्तिकारी गाउँमा आउँदा अत्यन्तै गौरबको अनुभूति हुन्छ भन्नु हुदै क.हरिहर यादबप्रति भावपूर्ण श्रद्धा सुमन ब्यक्त गर्नु भयो ।

कार्यक्रमका अर्का बक्ता नेकपा केन्द्रिय सचिवालय सदस्य तथा नेपालको बिद्यार्थी आन्दोलनका अग्रज नेता शरण बिक्रम मल्लले निरन्तर क्रान्तिकारी हुटहुटी लिने आदरणीय कमरेड हरिहर यादव जस्ता ब्यक्तित्व दुर्लभै हुन्छन् भन्ने कुरा राख्दै त्यसै कारणले उहाँ कमरेड पुष्पलालका सच्चा अनुयायी, बिश्वासपात्र र कमरेड पुष्पलालको दुःखको घडीमा उहाँलाई अन्तिमसम्म साथ दिने एक अबिस्मरणीय र अनुकरणीय नेता हुुनु हुन्थ्यो भन्नुभयो । बहु प्रतिभाका धनी क्राान्तिकारी किसान नेताबाट हामीले सिक्न सके नेपाली जनताको बिश्वास जित्न र उनीहरुलाई सही बाटोमा डोर्याउन तथा देशलाई सही दिशा दिन सकिन्छ भन्ने बिश्वास पनि उहाँले ब्यक्त गर्नु भयो ।
अर्का बक्ता नेकपा सचिवालय सदस्य क.बिके अर्यालले स्वास्थ्य र सुन्दर बातवरणसम्बन्धि कुरा राख्दै बारा जिल्ला कचोर्वाको यो सुन्दर र उर्बर भूमिमा जुन क्रान्तिकारी किसान नेता हरिहर यादब जस्ता सम्मानित ब्यक्तित्व पैदा हुनु भयो त्यसले नै स्पष्ट पार्दछ कि यहाँका किसान दाजु भाइ दिदी बहिनीहरु सचेत, संगठित र संघर्षशील भएर यो सुन्दर र उर्बर भूमिलाई अझ सम्पन्न र अझ उन्नत बनाउन सक्छन्, यहाँका बिकृति,बिसंगति र बेथितिलाई बदल्न सक्छन् भन्ने बिश्वास आफुलाई लागेको बताउँदै आज हामीले कम्युनिष्ट पार्टीका जुन झण्(डा बासका टुप्पामा राखेर क. हरिहर यादबको शालिकमा समर्पण गर्यौं त्यो हामी नेपाल कम्युनिष्ट पार्टी नेपाली जनाप्रति बिशेष गरी आज कचोर्वाका जनताप्रति ऐक्यबद्धता जनाइराखेका छौ भन्ने कुराको प्रतीक हो भन्ने सम्झिदिनु हुन आग्रह गर्दै क.हरिहरप्रति श्रद्धा सुमन ब्यक्त गर्नु भयो ।
क. हरिहर यादबका निकट अनुयायी तथा संबिधान सभाका सदस्य, भाषा आयोगका पूर्ब अध्यक्ष जन जनसाहित्यकार, लेखक तथा गायक एबंं नेपाली कम्युनिष्ट पार्टीका नेता गोपाल ठाकुरले कमरेड हरिहरको बहुप्रतिभाशाली ब्यक्तित्वमाथि प्रकाश पार्दै उहाँ सामन्तबादका कटटर बिरोधी, कम्युनिष्ट अन्दोलन भित्रका बिचलन, बिकृति र बिसंगतिका कटु आलोचक, क्रान्तिकारी निष्ठा, त्याग र समर्पणले सुसज्जित अतुलनीय संघर्षशील ब्यक्तित्व हुनुहुन्थ्यो भन्नु भयो । आफ्नो ब्यक्तित्व निर्माणमा क. हरिहर यादवको ठूलो प्रभाव छ भन्ने कुरा राख्नु हुँदै उहाँले हरिहरद्वारा रचित भोजपुरी भाषाका क्रान्तिकारी गीतहरु समेत सुनाउँदै र त्यसको सप्रसंग ब्याख्या समेत गर्दै उहाँ संशोधनबाद, अवसरबाद र फाइफट्टीबादको पनि आफ्ना गिती रचनाबाटै तीखो आलोचना र प्रहार कसरी गर्नु हुन्थ्यो भन्ने कुरामा पनि प्रकाश पार्नु भएको थियो । क. पुष्पलाललाई बुझेर ब्यवहारमा उतार्न क्रियाशील हरिहर जस्ता प्रतिभाशाली क्रान्तिकारी ब्यक्तित्वहरुको आज कम्युनिष्ट आन्दोलनमा अत्यधिक धेरै खाँचोछ भन्ने उहाँको निचोड थियो ।

स्मृति कार्यक्रमको सञ्चालन गर्नु हुँदै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य, कमरेड हरिहर यादबका अनुयायीहरु मध्येका एक क. नागेन्द्र प्रसाद यादबले बोली र ब्यवहारमा हरिहर जस्तै दृढ र निष्ठाबान नभई कोही पनि असल कम्युनिष्ट हुनसक्तैन र जनताको सही नेतृत्व गर्न पनि सक्तैन केवल जनतामा कम्युनिष्टको भ्रम मात्र पालेको ठहर्छ भन्नु भयो र सबैलाई प्रष्ट र पारदर्शी भएर चल्न सकेमा मात्र कम्युनिष्ट बन्न सकिन्छ भन्ने यथार्थ प्रष्ट पार्नु भयो ।
कार्यक्रममा नेकपा केन्द्रिय सचिवालय सदस्य क.ठाकुर खोपाङ्गी, केन्द्रिय सदस्य धर्मेन्द्र चौधरी, कम्युनिष्ट आन्दोलन पुराना कमरेड मुनिन्द्रलाल कर्ण, पारस ठाकुर, तथा नेपाली काग्रेसका जेता सीयाराम यादब लगायतले पनि हरिहर कमरेड प्रति श्रद्धासुमन ब्यक्त गर्दै हरेक पक्षमा कमरेड हरिहरबाट क्रान्तिकारी शिक्षा लिन सक्दा मात्र सही दिशामा अघि बढ्न र क. हरिहरलाई सार्थकरुपमा स्मरण गरेको ठहर्ने भावना ब्यक्त गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु हुने नेपाल कम्युनिष्ट पार्टी मधेश प्रदेशका संयोजक तथा नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सचिवालयका सदस्य रामदुलार महतोले क.हरिहर जस्तै साम्राज्यबाद, एकाधिकार पूँजीवाद र सामन्तबाद बिरोधी प्रखर क्रान्तिकारी ब्यक्तित्व बिना क्रान्ति हुन सक्दैन भन्ने कुरा बुझेर संघर्ष, संगठन र सिद्धान्त तिनै कुरालाई संयोजन गरेर लान सक्ने पुष्पलालका सच्चा अनुयायी हरिहर जस्ता धेरै ब्यक्तित्वको आज आबश्यकता छ भन्ने औंल्याउनु हुँदै स्मृति सभा सम्पन्न भएको घोषण गर्नु भयो ।
स्मृति सभामा उपस्थिति सबैलाई स्वागत गर्नु हुँदै नेकपाका केन्द्रिय सदस्य क. कैलाश यादबले बोली र ब्यवहारमा एकरुपता नहुने कोही पनि सही क्रान्तिकारी कम्युनिष्ट हुन सक्तैन भन्ने कुराकासाथ हरिहर यादबले चलाएको किसान आन्दोलन महत्वपूर्ण कुराहरु सुनाउनु भएको थियो ।
कार्यक्रममा पार्टीका यूवा नेता तथा केन्द्रिय सदस्य कुन्दन यादबले मञ्च लगायत बिबिध ब्यवस्थापनको कार्यभार सम्हाल्दै कार्यक्रमको स्मृति सभाको आरम्भमा सम्पूर्ण ज्ञात अज्ञात महान शहीदहरुप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौन धारण तथा भोटेकोशी र बुढी गण्डकीमा आएको महा बिनाशकारी बाढी पहिरोमा परेर ज्यान गुमाउनु भएका सम्पूर्ण नेपाली तथा बिदेशी नागरिक प्रतिसमेत श्रद्धाञ्जली प्रकट गर्दै पीडामा परेका सबैप्रति समबेदना प्रकट गर्ने कार्यक्रम चलाउनु भएको थियो ।
कार्यक्रमा बिभिन्न ब्यक्तित्वहरुलाई सम्मापन प्रकट गर्दै गाम्चा पनि प्रदान गरिएको थियो ।हरेक बर्ष कार्ति८ गते क. हरिहर यादबको स्मृति दिवस पर्दछ । उहाँको २०६१ साल कार्तिक ८ गते दिधन भएको थियो र अन्ति संस्कारका दिन कार्तिक ९ गते सम्पूर्ण कचोर्वाबासी र आसपासका गाउहरु समेत बाट बिसाल जन सागर उर्लेर उहाँप्रति सम्मान दर्शाएको थियो ।
नेपालपत्र संवाददाता