आइतबार, मंसिर ६ गते २०८३

चाइना ट्रेड बहुउद्देश्यीयको १९औँ वार्षिक साधारण सभा,बचत संकलन ७५ करोड माथि


मंसिर ५, २०८३ शनिबार
चाइना ट्रेड बहुउद्देश्यीयको १९औँ वार्षिक साधारण सभा,बचत संकलन ७५ करोड माथि

खिचापोखरी, न्यूरोडमा रहेको  चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभामा संस्थाका कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको सभापतित्व तथा राष्टिय सहकारी बैकका अध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

सभाले संस्थाको आर्थिक वर्ष २०८२ \ ०८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८३र०८४ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०८२ \०८३ को अन्त्यसम्ममा १ हजार ९७५ शेयर सदस्य, शेयर पुँजी ८ करोड, कुल निक्षेप संकलन ७५ करोडभन्दा बढी र कुल कर्जा लगानी करिब ३९ करोड पुगेको जनाइएको छ । संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नेपाल वित्तीय प्रतिवेदन मान अनुसारको लेखा प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ ।

प्रदेश सहकारी रजिष्टारको कार्यालय, राष्ट्रिय सहकारी नियमन प्राधिकरण तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नियामक निर्देशनहरूको अक्षरशः पालना गर्दै संस्थागत सुशासनलाई थप सुदृढ बनाएको सभामा जानकारी दिइयो । २९ जना संस्थापक सदस्यबाट सुरु भएको संस्थाले हाल खिचापोखरी, न्यूरोडस्थित आफ्नै आधुनिक तथा सुविधासम्पन्न कार्यालय भवनबाट सदस्यहरूलाई छिटो, छरितो र प्रविधिमैत्री वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ । 

WhatsApp Image 2026-11-21 at 11.10.20 (1).jpeg

संस्थाले वित्तीय कारोबारका साथै १९औँ स्थापना दिवस तथा वार्षिक कार्ययोजना अन्तर्गत बृहत् रक्तदान कार्यक्रम, ४० वर्षमाथिका पुरुष सदस्यहरूका लागि निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिविर, शेयर सदस्यको सहभागितामा पदयात्रा कार्यक्रम, वार्षिक मनोरञ्जन तथा सहभोज कार्यक्रम २०८२, मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाउने कार्यक्रम तथा साना तथा मझौला व्यवसायी सदस्यहरूको व्यावसायिक प्रवद्र्धनका लागि डिजिटल मार्केटिङ तालिम जस्ता सामाजिक तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारद्वारा प्रस्तुत आव २०८२ \ ०८३ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णबहादुर बस्नेतद्वारा प्रस्तुत आव २०८२ \०८३ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्ष कृष्ण बहादुर गुभाजुबाट प्रस्तुत आव २०८२ \ ०८३ को बाह्य लेखापरीक्षण प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठबाट प्रस्तुत आव २०८३ \ ०८४ का लागि प्रस्तावित नीति, कार्यक्रम, अनुमानित बजेट तथा लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावहरु पारित गरेको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहकारी बैकका अध्यक्ष उप्रेतीले वर्तमान चुनौतीपूर्ण आर्थिक परिवेशमा पनि संस्थाले सदस्य संख्या, शेयर र बचत रकममा गुणात्मक बृद्धि गर्न सफल भएको, प्रभावकारी रुपमा सामाजिक उत्तरदायित्व पूरा गरेको, बताए । कामपा वडा नं २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले चाइना टेड बहुउद्देश्यीय सहकारी संस्था न्यूरोड क्षेत्रमा एउटा सहकारी संस्था मात्र नभई स्थानीय विकास साझेदार, उद्यमशिलताको प्रवर्तक, र समृद्धिको सहयात्रीको रुपमा सदस्यको विश्वास जित्न सफल नमुना सहकारी संस्था रहेको बताए । सभामा प्रशिक्षक कुबेर निरौलाले सफल सहकारीको लागि सदस्यको भुमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।