मंगलबार, मंसिर १ गते २०८३

सम्पादक रोशन राउतलाई मातृशोक, ८९ बर्षको उमेरमा निधन


मंसिर १, २०८३ मंगलबार
सम्पादक रोशन राउतलाई मातृशोक, ८९ बर्षको उमेरमा निधन


उदयपुर । ईआर्थिक डटकमका प्रधान सम्पादक, बजार पत्रिकाका प्रकाशक तथा आर्थिक दैनिकका पुर्व प्रबन्ध निर्देशक रोशन राउतलाई मातृशोक परेको छ । सम्पादक राउतका आमा पवित्र माया राउतको ८९ बर्षको उमेरमा गएराती निधन भएको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका १० हडियास्थित आफ्नै निवासमा उहाँको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । उहाँको हिन्दु परम्परा अनुसार मंगलबार स्थानीय त्रियुगा नदिमा रहेको घाटमा अन्त्यष्टि गरिने पनि पारिवारिक स्रोतले जानकारी दियो । ८९ बर्षिय स्व. राउत लामो समयदेखि प्रेसर र मुटुको रोगबाट पीडित हुनुहुन्थ्यो ।

उहाँका ९२ बर्षिय बयोवृद्द  श्रीमान, चार छोरा र पाँच छोरी हुनुहुन्छ । जसमध्ये दुई छोरा र एक छोरीको यसअघि नै निधन भइसकेको छ ।