शनिबार, मंसिर ५ गते २०८३

राष्ट्र बैंकले २८ दिनका लागि २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने


मंसिर ४, २०८३ शुक्रबार
राष्ट्र बैंकले २८ दिनका लागि २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट २ खर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो ।

राष्ट्र बैंकले मंसिर ४ गते दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत निक्षेप संकलनको बोलकबोल आह्वान गरेको छ । बोलकबोलबाट ब्याजदर निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

यस उपकरणको साँवा तथा ब्याज आगामी पुस ३ गते भुक्तानी हुनेछ । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको कुल रकमसम्म सहभागी हुन सकिनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउनेछन् ।

निक्षेप संकलनमार्फत बैंक तथा वित्तीय संस्थाको लगानीयोग्य रकम केन्द्रीय बैंकमा तानेर बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने राष्ट्र बैंकको उद्देश्य हुन्छ।