शुक्रबार, कार्तिक २८ गते २०८३

पिपुल्स साकोसको २० औं साधारण सभा, सदस्य केन्द्रित सेवामा जोड


कार्तिक २८, २०८३ शुक्रबार
पिपुल्स साकोसको २० औं साधारण सभा, सदस्य केन्द्रित सेवामा जोड

बनेपा, पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष  निरन शाक्यको सभापतित्व र सल्लाहकारहरुको विशेष उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो । प्रमुख सल्लाहकार नवराज के.सी.ले गलत सञ्चालकका कारण सहकारीको मूल मर्म र असल सहकारीकर्मीको योगदानलाई नष्ट हुन दिनु नहुने बताए  । त्यस्तै सल्लाहकार राजन सापकोटाले संस्थागत लक्ष्य समय सापेक्षिक तवरमा लिनु पर्ने सुझाव सहितको मन्तव्य  राखेका थिए । 

कानुनी सल्लाहकार ओमकाजी प्रजापतीले पिपुल्स साकोस सहकारी ऐन नीति र नियममा सञ्चालन भएको बताए । 
कार्यक्रममा संस्थाका अध्यक्ष निरन शाक्यले सहकारीको मर्म, भावना सिद्धान्त र मुल्य मान्यतालाई अंगिकार गरी मासिक रुपमा कम्तीमा एक कार्यक्रम या तलिम सञ्चानल गर्दै आएको बताए ।  सदस्यहरुलाई धेरै रकम राख्ने झिक्ने भन्दा नियमित मासिक बचतमा जोड गराउदै राहत तथा अन्य सेवाहरु सहज, सरल र प्रभावकारी रुपमा  पु¥याई संस्था सञ्चालित भएकाले उनीहरुको  विश्वास जित्न सफल रहेको बताए  । 

संस्थाले सदस्य सेवा कार्यक्रम अन्र्तगत उत्कृष्ट बचतकर्ता एवं ऋणी सम्मान, एसईई विद्यार्र्थी सम्मान, नवजात शिशु र जेष्ठ सदस्यलाई निःशुल्क सदस्यता वितरण, बुबा आमा सम्मान गर्दै आएको छ । सदस्यहरुलाई  मोबाईल बैंकिङ, विभिन्न कम्पनीहरुको रेमिट्यान्स सेवा, मोवाईल रिचार्ज सेवा÷टेलिफोन तथा विजुली भुक्तानी सेवा, न्यूनतम ५ हजार रकम भएका शेयर सदस्यहरुको १ लाख सम्म निःशुल्क दुर्घटना बीमा, स्वास्थ्य उपचार राहत, परिवार समवेदना राहत, सदस्य शिक्षा अन्तर्गत सदस्य साक्षरता वित्तीय साक्षरता र व्यवसायिक तालिम, खुल्ला रक्तदान जस्ता सामाजिक हितका कार्यक्रमहरु गरेको अध्यक्ष निरन शाक्यले  सभामा जानकारी दिए ।

0-02-03-3f293993f3b95c33c568d2a9205cc93fade7e168b1abf4b62c6ed0188ed4b68a_a16189b623c3bf16.jpg

सभामा संस्थाको आर्थिक वर्ष २०८२\८३ को वार्षिक प्रतिवेदन सचिव सन्तोष कुमार घिमिरेले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवन राज कर्णजीतले र लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन समिति संयोजक ऋषिराम गौतमले प्रस्तुत गरेका थिए । उक्त सभामा आ.व.८२\८३ को उत्कृष्ट कर्मचारीमा सहायक सरस्वती मानन्धरलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । संस्थाको गत  असार मसान्तसम्म शेयर पूँजी २ करोड, निक्षेप संकलन २७ करोड ६ लाख ६५ हजार, ऋण लगानी २४ करोड ३१ लाख ४० हजार, जगेडा कोष १ करोड ७५ लाख १६ हजार र शेयर सदस्य एवं बाल बचत कर्ता समेत गरी ६ हजार ३ सय ९७ जना पु¥याउन सफल भएको छ ।

 सभामा  स्वागत मन्तव्य सञ्चालक सदस्य कपिल प्रसाद दुलालले  राखेका थिए  भने सभा सञ्चालन सचिव सन्तोष कुमार घिमिरेले गरेका थिए ।