सोमबार, मंसिर १ गते २०८३

चीनद्वारा बिद्यूतीय हवाइजहाजकाे सफल उडान


कार्तिक ३०, २०८३ आइतबार
चीनद्वारा बिद्यूतीय हवाइजहाजकाे  सफल उडान

काठमाडौ । बिकासमा चाैतर्फीरूमा अघि बढिरहेकाे  चीनमा पहिलो पटक विद्युतीय हवाइजहाज (इलेक्ट्रिक कमर्सियल प्लेन) को सफल परीक्षण उडान गरिएको छ। कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक)ले जनाए अनुसार, ‘सीई–२५ए’ नामक त्यस विद्युतीय विमानले हिजाे शनिबार विन्झाउमा दुई जना पाइलट र एक इन्जिनियरको उपस्थितिमा सफल परीक्षण उडान सम्पन्न गरेको जनाइएकाे छ ।

चीनकाे एक प्रतिष्ठित पत्रिका ‘पिपुल्स डेली’ का अनुसार परीक्षण उडानका क्रममा विमानका सबै कार्यसम्पादन सूचकहरू (पर्फमेन्स इन्डिकेटरहरू) ले अपेक्षा गरिएअनुसार नै सामान्य रूपमा काम गरेका थिए । यसरी चीनमा पहिलोपटक विद्युतीय हवाइजहाजको सफल परीक्षण उडान गरिएको छ। परीक्षण उडानका क्रममा विमानमा दुई पाइलट र एक इन्जिनियर सहभागी रहेको उक्त पत्रिका पिपुल्स डेलीले जनाएको हाे । त्यस क्रममा विमान सामान्य रुपमा उडेको थियो भने आशातित रुपमा सबै पर्फमेन्स इन्डिकेटरहरुले काम गरेको पनि बताइएको छ।

यो विमान अन्तर्सहरी व्यावसायिक उडानको उद्देश्य राखेर डिजाइन गरिएको कोम्याकले जनाएकाे छ। सीई–२५ एले १९ जना यात्रु बोक्न सक्छ भने १० टन तौल बोक्न सक्छ। यो विमान प्रतिघण्टा ३ सय किमि गतिमा २४ सय मिटर उचाइसमम उड्न सक्छ। १९ जना यात्रु र अधिकतम १० टन भार बोक्न सक्ने यसकाे क्षमता रहेकाे छ।
प्रतिघण्टा ३०० किलोमिटरको गतिमा २४ सय मिटरको उचाइसम्म उड्न सक्ने। एक पटकको चार्जमा ४०० किलोमिटरको दूरी पार गर्न सक्ने।

चीनले उड्डयन क्षेत्रमा हरित ऊर्जाको प्रयोगलाई बढावा दिँदै यो विमान निर्माण गरेको हो, जसले भविष्यको आन्तरिक हवाई यात्रालाई थप किफायती र वातावरणमैत्री बनाउने अपेक्षा समेत गरिएको छ।