सरकारले आगामी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले (आज) शुक्रबार सूचना जारी गर्दै २०८३ कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले थप एक दिन बिदा दिने निर्णय गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा सोमबार सार्वजनिक बिदा हुने जानकारी दिइएको छ ।
नेपालपत्र संवाददाता