ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको दुई दिने लेखा सुपरीवेक्षण समितिको गोष्ठीले पाँच बुँदे संकल्प पत्र जारी गरेको छ । भक्तपुरको नगरकोटमा चैत १३ र १४ गते भएको गोष्ठीमा साकोसहरुको वृद्धि विकास गरि संस्थालाई सुशासनयुक्त संचालन गर्न पाँच बुँदे संकल्प पत्र जारी गरेको हो । गोष्ठीले जारी गरेको उक्त घोषणा पत्र, जिल्ला बचत संघमा आबद्ध सम्पूर्ण सहकारी संस्थाहरुमा लागु गर्नका लागि सहभागी संस्थाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
जारी संकल्प पत्रः
सहकारीमा समस्या सिर्जना हुनबाट सजग हुनका लागि नियमनबाट नभई आफैंबाट आफ्ना सदस्यको हित र संरक्षणका लागि हो भन्ने दिव्य मान्यताको अनुशरण गर्दै लेखा सुपरिवेक्षण समितिले आफ्नो भूमिका निर्वाह गर्न तत्पर छौं ।
सहकारी संस्थाको विकास तथा दिगोपन, सदस्यको समृद्धि, सहकारी प्रतिको जन विश्वास अभिवृद्धि एवम् कानुनी जवाफदेहितालाई सवल आन्तरिक नियन्त्रण प्रणालीबाट कार्यान्वयन गर्ने संकल्प गर्दछौं ।
संस्थाको वित्तीय लगायत अन्य जोखिमको पहिचान र व्यवस्थापन गरी संस्थाको वित्तिय स्वस्थता कायम गर्न पल्र्स सहितका अन्य अनुगमन प्रणालीको प्रभावकारी कार्यान्वयन प्रति प्रतिवद्ध छौं ।
सहकारी संस्थाको सञ्चालन¸व्यवस्थापन तथा नियमनका लागि जारी भएका ऐन, नियम तथा निर्देशिकाको पूर्ण अनुपालना गर्दै सहकारीको मूल्य र सिद्धान्त अनुरुपको संस्था वनाउन प्रतिवद्ध छौं ।
लेखा सुुपरिवेक्षण समितिले निष्पक्ष र कानूनसम्मत रुपमा पेश गर्नुपर्ने प्रतिवेदन समिति स्वयमले तयार गरी पेश गर्ने पद्धती पूर्ण कार्यान्वयन गर्ने प्रतिज्ञा गर्दछौं ।
नेपालपत्र संवाददाता