पूर्व अर्थ सचिव शिशिर कुमार ढुंगानाले वित्तीय परिचालन र कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान उल्लेख रहेको बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको लेखा सुपरीवेक्षण गोष्ठी २०८२ मा कार्यपत्र प्रस्तुत गर्दै उनले वित्तीय परिचालन र जिडिपीमा सहकारीको योगदान उल्लेख रहेको बताएका हुन् । सहकारीले जिडिपीमा करिव ४ प्रतिशत र वित्तीय परिचालनमा एक तिहाई छ ।
हिंसा ओगटेको छ । सहकारीले सुस्म रुप वित्तीय परिचालन गरी संविधानले परिल्पना गरेको अर्थतन्त्रको नीत मध्ये एक बलियो खम्बा बनाउन उनको जोड छ । सहकारी सञ्चालन गर्ने विधि भएको भन्दै उनले विधिको माध्यमबाट संस्था सञ्चालन गर्नुपर्नेमा जोड छ ।
सहकारीले सदस्यको थातथलो उठाउने नभई उनीहरुलाई पुँजी र सीप परिचलान गरी उद्यमशीलता मार्फत् सबल बनाउने काम भएको उनले बताए । वित्तीय पहुँच र समावेशीताको माध्यमबाट सहकारीले सदस्यहरुलाई आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्नेमा उनको जोड छ । सहकारीमा पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिँदै उनले वित्तीय विवरण सार्वजनिक गर्न र अनुगमनलाई सहज रुपमा लिन उनको आग्रह छ । सहकारीमा स्वःनियमनको कुरा गरे पनि व्यवहारमा त्यो नभएको उनले जनाए ।
सामुहिकता कम र व्यवसायिकतामा केन्द्रीत हुँदा सहकारीमा समस्या आएको उनको भनाई छ । सहकारी सेवामा भन्दा पनि नाफामा केन्द्रीत भएको उनको आरोप छ । सहकारीका साधारण सभा औपचारिकतामा सिमित भएको भन्दै विषय वस्तुमा छलफल कम हुन थालेको उनले जनाए । सहकारीले गरिबी निवारणमा कति योगदान पु¥याए भन्दा पनि कति नाफा कमाए भन्ने विषयलाई ध्यान दिँदा समस्या आएको उनको दावी छ । सहकारी मध्यस्थकर्ता व्यवसाय नभई उद्यमशीलता मार्फत् रोजगारी र आयआर्जन गर्ने व्यवसाय भएको उनले जनाए । सुशासनयुक्त संस्कृतिको अभाव सहकारीमा रहेको र सञ्चालक र व्यवस्थापनले लक्ष्यमण रेखा काट्दा संस्थाहरु समस्या परेको उनको भनाई छ ।सहकारीले गलत मात्र नगरी गरिबी निवारण र वित्तीय समावेशीमा योगदान गरेको तर त्यो विषयको समाजमा चर्चा नभएको उनले जनाए ।
राष्ट्र बैंकले सहकारीलाई वित्तीय प्रणालीमा गणना नगरेको भन्दै जोखिमयुक्त क्षेत्रको रुपमा लिएको उनको भनाई छ । सहकारीमा कमजोर सुशासन , सुसुप्त सदस्य,नियामक निकायको भूमिकामा अस्पष्टता, व्यवसायिक र सक्षम नेतृत्वको अभाव, दक्ष कर्मचारीको कमि, योजना विना र उदेश्य बाहिर लगानी, नैतिकवान सञ्चालकको अभाव जस्ता मुख्य कारणले सहकारी क्षेत्रमा जोखिम आएको उनले औल्याए । सुशासन बोली नभई व्यवहार भएको र सुशासनको मानक जनराइल नहुने उनले बताए । सदस्यको सन्तुष्टि नै सहकारीमा सुशासन भएको भन्दै उनले त्यसमा नै संस्थामा केन्द्रीत हुन उनले आग्रह गरे । ‘सहकारीमा सुशासन र स्वः नियमन प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्व अर्थ सचिव ढुंगानाले सदस्यको सक्रियताले मात्र संस्था माथि जाने बताए । प्रत्येक पेशामा स्वः नियमन हुने भन्दै त्यसलाई अलिखित कानुनको रुपमा पालना गर्नु पर्ने उनले सुनाए ।
सहकारी समस्या नभई रुपान्तरणको माध्यम भएको भन्दै ढुगानाले व्यक्ति नभई प्रणालीमा सुधार अहिलेको आवश्यकता भएको औंल्याए । सहकारीलाई सदस्यमाझ पुनःस्थापना अहिलेको चुनौती भएको र त्यो गर्न सके सहकारीको व्यवसायमा वृद्धि गर्न हुने समेत उनको भनाई छ । लेखा समितिको भूमिका संस्थामा प्रभावकारी बनाउन सके संस्थागत सुशासन कायम भई सदस्यको बचतको सुरक्षित हुने ढुगानाले बताए । लेखा समिति कमजोर होइन,बलियो संयन्त्र हो भन्ने मान्यता हरेक संस्थामा स्थापित गर्न उनको जोड छ । त्यसका साथै गलत काम गर्ने सञ्चालक र सदस्यलाई कारवाही गरी सहकारिताको भावना विकास गर्ने, आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाई नियामक निकाय अनुगमनको लागि नआउने वातावरण बनाउनु पर्ने र व्यक्ति नभई प्रणाली सुधारमा लेखा समितिको भूमिका बढाउन उनको सुझाव छ । संस्थामा सञ्चालक समितिको स्वेच्छचारीलाई नियन्त्रण गरी सिमित व्यक्तिको स्वार्थ भन्दा पनि सामुहिक हित खोज्ने गरी लेखा समितिले भूमिका बढाउन उनको आग्रह छ ।
नेपालपत्र संवाददाता