राष्ट्रिय सहकारी महासंघ, नेपालले ६९ औं राष्ट्रिय सहकारी दिवसको थिम तय गरेको छ । आगामी चैत्र २० गते मनाइने ६९ राष्ट्रिय सहकारी दिवसको लागि महासंघले थिम सार्वननिक गरेको हो । महासंघका का.बा.अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा बसेको २२८औँ बोर्ड बैठकले ‘उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता’ भन्ने थिम तय गरेको हो ।
महासंघले हरेक बर्ष सहकारी दिवसको अवसरमा थिम तय गर्ने गरेको छ । गत वर्षको लागि ‘मर्यादित सहकारीःसमुन्नत समाज’ भन्ने थिम तय गरिएको थियो । नेपालमा सहकारी अभियानको विधिवत सुरु २०१३ चैत २० गतेदेखि भएहो । सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत २० गते सहकारी दिवस मनाइने गरिएको छ ।
२०१३ सालमा स्थापना भएको बखान सहकारी संस्था, चितवनलाइ पहिलो सहकारी संस्थाको रुपमा लिइएको छ । नेपालको सहकारी अभियानमा १ करोड ९ लाख मानिस आवद्ध भएको सरकारी तथ्याङ्कले देखाएको छ । त्यसैगरी विभिन्न प्रकृतिका ३२ हजार सहकारी मुलुकभर रहेका छन् भने ११ खर्बको वित्तीय परिचालन सहकारी मार्फत भएको छ । वित्तीय पहुँच, रोजगारी सृजना, महिला शसक्तिकरण, समाजको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारीले उल्लेख भूमिका खैल्दै आएको भए पनि पछिल्लो समय सहकारी क्षेत्रमा वित्तीय विचलन समेत आएको छ । जसले गर्दा सहकारी अभियान माथि समाजमा विभिन्न प्रश्न उठेको छ ।
नेपालपत्र संवाददाता