शनिबार, आश्विन १७ गते २०८३

कुम्भेश्वर महिला साकोसको १६ औं साधारण सभा, सदस्य केन्द्रीत कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता


आश्विन १७, २०८३ शनिबार
कुम्भेश्वर महिला साकोसको १६ औं साधारण सभा, सदस्य केन्द्रीत कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता

कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न  भएको छ । संस्थाकी अध्यक्ष शान्त लक्ष्मी खड्गीको सभापतित्वमा भएको साधारण सभाको बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ ( बागमती प्रोस्कून) की उपाध्यक्ष कल्पना श्रेष्ठले  सभाको उद्घाटन गरेकी थिइन् ।

साधारण सभामा श्रोतको व्यक्तिको रुपमा बोल्दै उनले सहकारी क्षेत्रले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा खेलेको भूमिकाको विषयमा चर्चा गरेकी थिइन् । उनले सहकारी मार्फत् महिलाहरुको जीवनस्तरमा आएको परिवर्तनका साथै आर्थिक रुपमा समेत आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको जनाइन् । पछिल्लो समय नियामक निकायले जारी गरेको निर्देशनले सहकारी संघ संस्थामा पारेको अप्ठ्याराको विषयमा समेत उनले सभामा उल्लेख गरिन् ।  साधारण सभामा संस्थाका कानुनी सल्लाहकार लक्ष्मण महर्जनले समेत सहकारीको महत्वको वारेमा चर्चा गर्दै मासिक बचतको महत्वको वारेमा सदस्यहरुलाई जानकारी दिए । उनले टोलछिमेकमा रहेका कतिपय सहकारी संस्थाले सदस्यको बचत दुरुपयोग गरेको भन्दै कुम्भेश्वर महिलाले भने सदस्यहरुको उन्नतिमा काम गर्दै आएको बताए ।

829687396_28885877784403641_9054893372842056804_n.jpg

 सभामा अध्यक्षको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खड्गीले संस्थाले स्थापना कालदेखि नै सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने उदेश्यका साथ आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको बताइन् । उनले सदस्यबाट संकलित बचतलाई आवश्यकता अनुसार ऋण लगानी गर्ने,उद्यमशीलता विकास गर्ने,वित्तीय साक्षरता अभिवृद्धि गर्ने र सदस्यहरुलाई सवल बनाउने काम गर्दै आएको उनको भनाई छ ।  

संस्थाको मुख्य आधार सदस्यहरु भएको र आगामी दिनमा संस्थाका सम्पूर्ण गतिविधिहरु सदस्य केन्द्रीत बनाउने उनले जनाइन् । सदस्यको आवश्यकता र क्षमता अनुसार बचत तथा ऋणका नयाँ सेवा विकास गर्ने,वित्तीय साक्षरता सञ्चालन गर्ने,उद्यमशीलता तथा सीप विकासका अवसर उपलब्ध गराई सदस्यहरुको आर्थिक क्षमतामा वृद्धि गर्ने लक्ष्य संस्थाले लिएको उनले सभामा जानकारी दिइन् ।  संस्थाले प्रचलित सहकारी कानुन, नियम,मापदण्ड तथा संस्थाको विनियम र आन्तरिक कार्यविधिको पालना गर्दै संस्थागत सुशासनलाई अझ बलियो बनाउने अध्यक्ष खड्गीको भनाई छ  । आधुनिक प्रविधिको प्रयोगलाई आत्मसात गर्दै सदस्यहरुलाई अझ प्रभावकारी र  गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने समेत उनले उल्लेख गरिन् ।

831522080_28885876724403747_7960780842951600260_n.jpg

सभामा सचिव सफलता खड्गीले आर्थिक बर्ष २०८२ \८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले यस आर्र्थिक बर्षमा सदस्यको लागि सीपमुलक तालिम,सदस्य सम्मान तथा प्रोत्साहन कार्यक्रम, वित्तीय साक्षरता, स्वाीथ्य शिविर र सञ्जाल विस्तार जस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । सभामा कोषाध्यक्ष रंगिता शाहीले आर्थिक बर्ष २०८२ \८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी १ करोड ४९ लाख ९१ हजार, जगेडा कोष १४ लाख ४८ हजार,अन्य कोषहरु १२ लाख ३१ हजार, बचत संकलन १६ करोड ९८ लाख, ऋण लगानी १४ करोड २ लाख गरी कुल सम्पत्ति २० करोड ५३ लाख पुगेको बताइन् ।

संस्थामा ८५२ जना सदस्य आवद्ध रहेका छन् । सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै संयोजक मोनिका खड्गीले नियमित बचतलाई वृद्धि गर्न र भाखा नाघेको ऋणलाई अपलेखन गर्न सुझाव दिइन् । सभामा एस.ई.ई. सम्मान, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणलाई सम्मान गरिएको थियो भने डोर प्राइजको समेत व्यवस्था गरिएको थियो । 

831543242_28885884227736330_5385089717895657858_n.jpg