शनिबार, कार्तिक ८ गते २०८३

सगुन साकोसद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला उद्यमीलाई सम्मान


फाल्गुण २४, २०८२ आइतबार
सगुन साकोसद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला उद्यमीलाई सम्मान


हरिवन ११ सर्लाहीमा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । संस्थाले ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया तथा उद्यमी सम्मान कार्यक्रम आयोजना गरेको हो ।

संस्थाको महिला उपसमितिको आयोजनामा  संचालक तथा महिला उपसमिति संयोजक  बाला कुमारी खड्का थापाको अध्यक्षता भएको कार्यक्रममा संस्थाका अध्यक्ष  केशव प्रसाद ढकाल  लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा श्रम तथा विभिन्न पेशामा रही  उद्यमी बनेका तीन जना महिलालाई सम्मान गरिएको थियो । 

संस्थाले सो अवसरमा ईलेक्ट्रोनिक ब्यवसायी  प्रमिला खड्का, होटल ब्यवसायी रोहेणी कुमारी रघुवंसी र कृषि व्यवसायी एलिजा थापालाई सम्मान गरेको  हो । यस आर्थिक बर्षको माघ मसान्तसम्म संस्थाको शेयर पुँजी १५ करोड २५ लाख, जगेडा कोष १३ करोड ९२ लाख,संस्थागत पुँजी १४ करोड ६०  लाख र अन्य कोषहरु २६ लाख रहेको छ । संस्थाले त्यस अवधिमा १ अर्ब ४१ करोड ५१ लाख बचत संकलन गरी १ अर्ब २० करोड ३३ लाख ऋण लगानी गरेको प्रबन्धक रबिन्द्र रानाले बताए । संस्थामा १४ हजार माथि सदस्य रहेका छन् भने महिला सदस्य ८ हजार ८ सयको हारहारीमा रहेका छन् । संस्थाको कुल सम्पत्ति १ अर्ब ८९ करोड ८० लाख पुगेको छ ।