राष्ट्रिय सहकारी महासंघले यस बर्ष प्रदान गरिने सहकारी पुरस्कारको लागि आवेदन माग गरेको छ । महासंघले आज एक सूचना जारी गर्दै २०८२ सालमा प्रदान गरिने सहकारी पुरस्कारको लागि अवेदन माग गरेको हो ।
सहकारी संघ संस्थाहरुलाई महासंघको पुरस्कार छनोट निर्देशिका २०७५ (संशोधन सहित) विभिन्न विधाहरुमा पुरस्कार प्रदान गरिने भएकाले आवदेन माग गरिएको महासंघले जनाएको छ । त्यसका लागि सहकारी संघ संस्थाहरुले आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन,लेखा परीक्षण प्रतिवेदन र अन्य आवश्यक कागजात संलग्न गरी संघहरुका लागि अनुसूचि १ र संस्थाहरुको लागि अनुसूचि २ को फारम भरी माथिल्लो संघ वा नियमनकारी निकायको सिफारिस पत्र सहित आवेदन दिन सूचनामा भनिएको छ ।
त्यसैगरी उत्कृष्ट कर्मचारीको लागि अनुसूचि ४ को फारम भरी आवद्ध संघको सिफारिस सहित आगामी चैत्र ५ गते भित्र आवेदन दिन भनिएको छ । महासंघले उत्कृष्ट सहकारी पुरस्कार,उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार र उत्कृष्ट सहकारी कर्मचारी पुुरस्कारको लागि आवेदन माग गरेको हो । महासंघले राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार घोषणा गरी अन्तर्राष्ट्रिय सहकारी दिवसमा ती पुरस्कारहरु प्रदान गर्दै आएको छ । इच्छुक संघ संस्थाहरुले वेवसाइट मार्फत् आवेदन सकिने महासंघले जनाएको छ ।

नेपालपत्र संवाददाता