शनिबार, कार्तिक ८ गते २०८३

सदस्यमा सीप विकास गर्दै चण्डेश्वरी सहकारी, ६.९९ प्रतिशत ब्याजदरमा उद्यमशील कर्जा लगानी गर्ने


माघ २९, २०८२ बिहीबार
सदस्यमा सीप विकास गर्दै चण्डेश्वरी सहकारी, ६.९९ प्रतिशत ब्याजदरमा उद्यमशील कर्जा लगानी गर्ने


काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा सीप विकास गरी स्वरोजगार बनाउने भएको छ । संस्थाले सदस्यहरुको आय आर्जनमा टेवा पु¥याउने उदेश्यका साथ सीप विकासको तालिम आयोजना गरेको छ ।

सीप र पुँजी प्रवाहको माध्यमबाट सदस्यहरुमा उद्यमी बनाई स्वरोजगार बनाउने उदेश्यका साथ समय समयमा विभिन्न तालिमहरु आयोजना गर्दै आएको संस्थाले जनाएको छ । सोही अनुरुप संस्थाले आजबाट उद्योग तथा वाणिज्य कार्यालय धुलिखेल र संस्थाको सयुक्त आयोजनामा एक हप्ते तालिमको सुरु गरेको हो । सदस्यहरुलाई लक्षित गरी संस्थाले घरयासी प्रयोजनका लागि प्रयोग हुने साबुन,सरफ, फिनेल तथा हार्पिक बनाउने तालिमको सुरु गरेको हो । बनेपा न.पा.वडा नं.४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठको  प्रमुख अतिथि र संस्थाका अध्यक्ष नबिन भक्त बादेको विशेष आतिथ्यता र उद्योग वाणिज्य संघका कार्यालय प्रमुख रबिन घिमिरेको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो ।

89341d08-4a79-4ecd-b326-ec26bfc11fcd.jpeg

तालिममा १६ जना सदस्यहरुको सहभागिता रहेको संस्थाले जनाएको छ ।  संस्थाले उद्यम गर्न चाहने सदस्यहरुलाई सस्तो ब्याजदरमा ऋण लगानी गर्ने समेत भएको छ । संस्थाले हालै मात्र ६.९९ प्रतिशत ब्याजदरमा महिला उद्यमशीलता ऋण ल्याएको छ । १० बर्षको लागि संस्थाले ५० लाखसम्म ऋण लगानी गर्ने भएको छ । व्यवसाय दर्ता भई सञ्चालन भएको, सदस्य बनेको ३ महिना पुगेको र १८ देखि ६५ बर्ष उमेरका सदस्यहरुलाई ऋण लगानी गर्ने संस्थाले जनाएको छ । त्यसैगरी संस्थाले युवाहरुलाई समेत लक्षित गरी नयाँ कर्जा योजना ल्याएको छ । संस्थाले ६.९९ प्रतिशत ब्याजदरमा नै युवा स्वरोजगार कर्जा १० बर्षका लागि १ करोडसम्म ऋण लगानी गर्ने भएको छ ।

यस आर्थिक बर्षको पौष मसान्तसम्म ११ करोड ४३ लाख माथि शेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा १५ लाख २० हजार रहेको छ । संस्थाले १ अर्ब १७ करोड ९८ लाख बचत संकलन गरी ८८ करोड २७ लाख ऋण लगानी गरेको छ । ११ हजार माथि शेयर सदस्य रहेको संस्थाको कुल सम्पत्ति १ अर्ब ५३ करोड २६ लाख पुगेको छ । संस्थाले सदस्य सुरक्षा कार्यक्रम अन्तर्गत उनीहरुलाई दुःख विरामी पर्दा आर्थिक सहयोग समेत गर्दै आएको छ ।