शनिबार, कार्तिक ८ गते २०८३

श्री मनकामना साकोस सहकारी प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध


माघ २६, २०८२ सोमबार
श्री मनकामना साकोस सहकारी प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध

 काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संस्था सञ्चालन इजाजतपत्र लिएको छ । सहकारी प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई संस्था सञ्चालन इजाजत खुलाएसँगै  मनकामना साकोसले पनि इजाजतपत्र लिएको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम दर्ता अभिलेखीकरण गरी इजाजत दिएको प्राधिकरणले जनाएको छ । संस्थाको इजाजतपत्र नं.२०५२–००५०० रहेको छ । बागमती प्रदेश भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौं रहेको छ । प्राधिकरणबाट इजाजतपत्र लिएसँगै उक्त संस्था कर्जा सूचना केन्द्रमा समेत आवद्ध भएको छ  । अन्य बैंक तथा वित्तीय संस्थाहरुले जस्तै संस्थालाई पनि कर्जा सूचना सम्बन्धी सबै सेवाहरु प्रदान गर्ने केन्द्र जनाएको छ ।

यस आर्थिक बर्षको पौष मसान्तसम्म  संस्थाको १६ करोड २३ लाख शेयर पुँजी, १२ करोड ३४ लाख जगेडा कोष,१४ करोड ६९ लाख कुल संस्थागत पुँजी र ३ करोड २९ लाख अन्य कोषमा रकम पुगेको छ । संस्थाले १ अर्ब ९४ करोड ६२ लाख बचत संकलन गरी १ अर्ब ७७ करोड १० लाख ऋण लगानी गरेको प्रमुख कार्यकारी अधिकृत सिताराम लिमल्सिनाले बताए । संस्थामा १० हजार ३१९ सदस्य आवद्ध रहेका छन् भने २ हजार ८४ जनाले ऋण लिएर विभिन्न व्यापार व्यवसाय गर्दै आएको छन् ।