शुक्रबार, कार्तिक ७ गते २०८३

भक्तपुर बचत संघको आयोजनामा संचालकको क्षमता अभिबृद्धि तालिम


माघ २६, २०८२ सोमबार
भक्तपुर बचत संघको आयोजनामा संचालकको क्षमता अभिबृद्धि तालिम

 
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. संघको आयोजना र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्राविधिक सहयोगमा एक दिने संचालकको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी नियमानुसार नयाँ संचालक निर्वाचित भएको तिन महिना भित्र संचालकको क्षमता अभिवृद्धि तालिम राख्नुपर्ने व्यवस्था अनुसार तालिमको आयोजना गरिएको  बताए ।

उनले सहकारी अभियानलाई सुधार गर्न हालको परिस्थितिमा नेतृत्व रुपान्तरणको आवश्यकता रहेको बताए । सहकारी संस्थामा संचालकको सुशासनको कमीकमजोरीका कारण अभियान बदनाम भइरहेकोले संचालकहरु सुशासनमा बस्नुको विकल्प नरहेको बताउनुभयो । संचालकको क्षमता अभिबृद्धि तालिमले जिल्लाको सहकारी अभियान सुदृढ बनाउन सहयोग पु¥याउन उनको भनाइ थियो ।

 बागमती प्रोस्कूनका  प्रमुख कार्यक्रम अधिकृत केशव प्रसाद दाहालले सहकारीमा हाल नेतृत्वकै खडेरी परेको भन्दै उनले भविष्यका लागि उत्तराधिकारी योजना बनाउनुपर्ने बताए । संघका सचिव कान्छाभक्त घजुले कार्यक्रम संचालन गर्दै तालिम कार्यक्रमले नयाँ ज्ञान हासिल गर्ने अवसर मिलेको  बताए  । सो कार्यक्रममा संघका संचालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम् सदस्यहरु र व्यवस्थापकीय कर्मचारीहरु समेत गरी १५ जनाको सहभागिता रहेको थियो ।