शनिबार, कार्तिक ८ गते २०८३

लक्ष्मी महिला साकोस सहकारी प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध


माघ २२, २०८२ बिहीबार
लक्ष्मी महिला साकोस सहकारी प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध

काभ्रेको चौकोटमा मुख्य कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट  इजाजतपत्र प्राप्त गरैसँगै कर्जा सूचना केन्द्रमा समेत आवद्ध भएको छ ।

संस्था दुई निकायमा नै आवद्ध भएपछि बचत तथा ऋणको कारोबारलाई व्यवस्थित रुपमा अगाडि बढाउन कानुनी आधार  बलियो बनेको छ । प्राधिकरकणले बचत तथा ऋणको कारोबार गर्न इजाजत दिएको छ भने ऋण लगानी गर्दा कुनै पनि सदस्य कालो सूचीमा परेको छ वा छैन भन्ने यकिन गर्न सहज हुने भएको छ । यसले  ऋण लगानीलाई सुरक्षित र व्यववस्थित गर्न मद्दत पुग्ने संस्थाले जनाएको छ ।  

त्यसैगरी प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई सहकारी संस्था सञ्चालन इजाजतपत्र प्रदान गर्दै आएको छ । उक्त संस्थालाई पनि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम प्राधिकरणमा दर्ता गरी सञ्चालन इजाजपत्र प्रदान गरेको हो ।

संस्थाको इजाजतपत्र नं. २०५६ -००३०७ रहेको छ । पनौती, बनेपा र धुलिखेल नगरपालिका कार्यक्षेत्र रहेको उक्त संस्थाले बचत ऋणको मुख्य कारोबार गर्दै आएको छ ।  संस्थाले समुदायका  महिलाहरुलाई सदस्य बनाई बचत ऋणको कारोबार मार्फत् उनीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सवल बनाउँदै आएको छ ।