बुधबार, भाद्र ३ गते २०८३

सहकारी प्राधिकरणबाट इजाजत लिएसँगै बंगलामुखी साकोस कर्जा सूचना केन्द्रमा समेत आवद्ध


माघ २२, २०८२ बिहीबार
सहकारी प्राधिकरणबाट इजाजत लिएसँगै बंगलामुखी साकोस कर्जा सूचना केन्द्रमा समेत आवद्ध

सूर्यविनायमक नगरपालिका वडा नं.२ बसिडोलमा मुख्य कार्यालय रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध भएको छ। सहकारी प्राधिरकणबात  ‘संस्था सञ्चालन इजाजतपत्र’ लिएपछि कर्जा सूचना केन्द्रमा समेत आवद्ध भई सदस्यता लिएको संस्थाले जनाएको छ ।  

  बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्था सञ्चालन इजाजतपत्र जारी गरेको इजाजतपत्रमा जनाएको छ । संस्थाको इजाजतपत्र नं. २०६४–००२२२ रहेको छ । बागमती प्रदेश, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र भक्तपुर र ललितपुर जिल्लाका साथै काठमाडौं महानगरपालिका रहेको छ । त्यसैगरी संस्थाले सूचना केन्द्रबाट सदस्यता लिएको र अन्य बैंक तथा वित्तीय संस्था तथा अन्य सहकारी संस्था सरह बंगलामुखी सहकारीलाई पनि कर्जा सूचना सम्बन्धी सम्पूर्ण सेवाहरु उक्त कार्यालयले दिने भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत जगत कृष्ण श्रेष्ठका अनुसार यस आर्थिक बर्षको पौष मसान्तसम्म संस्थाको कुल सम्पत्ति १ अर्ब ५३ करोड २२ लाख रहेको छ । संस्थाको शेयर पुँजी १४ करोड ३५ लाख,जगेडा कोष ४ करोड ७ लाख, बचत संकलन १ अर्ब २२  करोड ३० लाख र ऋण लगानी १ अर्ब ८ करोड १४ लाख रहेको छ । संस्थामा ३ हजार ७१६ सदस्य आवद्ध रहेका छन् भने ५०२ जनाले संस्थाबाट ऋण सुविधा लिएका छन् । संस्थागत पुँजी ४ करोड ५७ लाख ६४ हजार रहेको संस्थाको अन्य कोषहरुमा ४ करोड २८ लाख ९७ हजार रकम  पुगेको छ ।