शुक्रबार, कार्तिक ७ गते २०८३

जनसचेतन साकोस दुई निकायमा भयो दर्ता, सहकारी प्राधिकरणबाट लियो इजाजतपत्र


माघ १९, २०८२ सोमबार
जनसचेतन साकोस दुई निकायमा भयो दर्ता, सहकारी प्राधिकरणबाट लियो इजाजतपत्र


दोलखाको वैतेश्वर न.पा.५–काभ्रेमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था दुई निकायमा दर्ता भएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट  ‘संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको छ भने कर्जा सूचना केन्द्रको पनि सदस्यता लिएको छ ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड,२०८२ को दफा ४ बमोजिम जनसचेतन साकोसले दर्ता अभिलेखीकरण प्राप्त गरेको हो । संस्थाको इजाजतपत्र नं.२०५०–००३७०  रहेको छ । तत्कालिन डिभिजन सहकारी कार्यालय  काभ्रेपलाञ्चोकमा  दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र दोलखा,काभ्रेपलाञ्चोक,भक्तपुर,काठमाडौं र ललितपुर  महानगरपालिका  रहेको छ ।

संस्थाको यस आर्थिक बर्षको पौष मसान्तसम्म शेयर पुँजी १५ करोड ४३ लाख, जगेडा कोष १८ करोड ८७  लाख,बचत संकलन १ अर्ब ८१ करोड ३२ लाख र ऋण लगानी १ अर्ब ६४ करोड  ८० लाख  रहेको छ । संस्थाको कुल संस्थागत पुँजी  १८ करोड ८७ लाख ,विभिन्न कोषहरु १२ करोड ३७ लाख छ भने  कुल सम्पत्ति  २ अर्ब ६१ करोड  माथि पुगेको छ । २६ हजार १५९ सदस्य रहेको संस्थाबाट ३ हजार १ सय २१ सदस्यले ऋण लिएका छन् ।