शुक्रबार, कार्तिक ७ गते २०८३

प्राधिकरणबाट इजाजत लिनेमा दक्षिणकाली नगरपालिकाकै पहिलो बन्यो टल्कु साकोस


माघ १९, २०८२ सोमबार
प्राधिकरणबाट इजाजत लिनेमा दक्षिणकाली नगरपालिकाकै पहिलो बन्यो टल्कु साकोस


टल्कु बचत तथा ऋण सहकारी संस्थाले ‘संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको छ । टल्कु साकोस राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र पाउने दक्षिणकाली नगरपालिकाकै  पहिलो संस्था बनेको छ ।

दक्षिणकाली न.पा.वडा नं. ९ दाउरेचौरमा रहेको उक्त संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड,२०८२ को दफा ४ बमोजिम दर्ता अभिलेखीकरण प्राप्त गरेको हो । संस्थाको इजाजतपत्र नं.२०५९–००१७७ रहेको छ । तत्कालिन जिल्ला सहकारी कार्यालय काठमाडौंमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र सोही नगरपालिकाको ५ देखि ९ सम्म गरी ५ वटा वडा रहेको छ ।

संस्थाको यस आर्थिक बर्षको पौष मसान्तसम्म शेयर पुँजी २ करोड २१ लाख, जगेडा कोष १ करोड ४१ लाख,बचत संकलन ३६ करोड २३ लाख र ऋण लगानी २७ करोड ३४ लाख रहेको छ । संस्थाको कुल संस्थागत पुँजी २ करोड ५१ लाख,विभिन्न कोषहरु १ करोड ९ लाख छ भने  कुल सम्पत्ति ४२ करोड ३३ लाख पुगेको छ । २ हजार १९५ सदस्य रहेको संस्थाबाट ५८३ जनाले ऋण लिएर व्यापार व्यवसाय गर्दै आएका छन् ।

२३ औं वर्ष पुरा गरी २४ औं वर्षमा पाईला टेक्दै गरेको  यस संस्थाले दक्षिणकाली नगरपालिकामै पहिलो पल्ट मोबाईल बैंकिङ सेवा समेत सञ्चालन गरी सदस्यहरुलाई प्रविधिमैत्री सेवाहरु  प्रदान गर्दै आईरहेको व्यवस्थापक दिपक तामाङले जानकारी दिए।