आइतबार, आश्विन १८ गते २०८३

महाहर्षित सहकारी संस्थाले पायो बचत ऋणको कारोबार गर्न इजाजत


माघ ७, २०८२ बुधबार
महाहर्षित सहकारी संस्थाले पायो बचत ऋणको कारोबार गर्न इजाजत

काठमाडौंको पुरानो सिनामंगल पेप्सीकोलामा रहेको महाहर्षित बचत तथा ऋण सहकारी संस्थाले ‘संस्था सञ्चालन इजाजतपत्र’प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि इजाजतपत्र प्राप्त गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम महाहर्षित सहकारीले इजाजतपत्र प्राप्त गरेको हो ।  संस्थाले प्राप्त गरेको इजाजजतपत्र नं. २०७७ – ००१८९ रहेको छ । बागमती प्रदेश,संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, हेटौडामा दर्ता भएको उक्त संस्थाको कार्यक्षेत्र काठमाडौं महानगरपालिकाको ५ र कागेश्वरी मनोहरा न.पा.का ३ गरी ८ वटा वडा रहेको छ ।

 यस आर्थिक बर्षको मंसीर मसान्तसम्ममा संस्थाको  शेयर पुँजी  ५ करोड ९७ लाख २४ हजार पुगेको छ । त्यसैगरी साधारण जगेडा कोष १ करोड २० लाख ९० हजार र अन्य कोषहरुको रकम ८७ लाख पुगेको छ । संस्थाले  यस अवधिमा २४ करोड ३६ लाख बचत संकलन गरेको छ भने २० करोड ५० लाख ऋण लगानीमा रहेको छ । संस्थामा ७८३ सदस्य आवद्ध रहेका छन् भने ३३ करोड ४२ लाख कुल सम्पत्ति पुगेको छ । महाकाली र हर्षित दुई संस्था एकीकरण भएर महाहर्षित सहकारी बनेको हो ।