शुक्रबार, कार्तिक ७ गते २०८३

को अपरेटिभ म्यानेजर्स क्लबको एउटै स्वर,‘कर्मचारी कुट्ने नेफ्स्कून सञ्चालकलाई निलम्बन गरी कारवाही गर’


पौष २०, २०८२ आइतबार
को अपरेटिभ म्यानेजर्स क्लबको एउटै स्वर,‘कर्मचारी कुट्ने नेफ्स्कून सञ्चालकलाई निलम्बन गरी  कारवाही गर’


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का सञ्चालक  वीरबहादुर रावत भोटेले  कर्मचारी माथि गरेको आक्रमणको चौतर्फी  रुपमा विरोध गरिएको छ ।  सदस्य सेवा कार्यालय सुर्खेतमा कार्यरत कर्मचारीद्वय मदनकुमार चन्द र पुष्पराज तिमल्सिनामाथि कार्यालयभित्र  सांघातिक आक्रमणको चौतर्फी भर्त्सना एवम निन्दा  गरिएको  हो । कर्मचरीहरुको हक हितका लागि स्थापना भएका विभिन्न जिल्लाका  को अपरेटिभ म्यानेजर्स क्लबहरुले  छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कर्मचारी कुट्ने सञ्चालकमाथि हदैसम्मको कारबाहीको माग  गर्दै उनीहरुले सञ्चालक रावत भोटेको राजिनामा समेत माग गरेका छन् । 

नेफ्स्कून साकोस म्यानेजर्स क्लब, कोअपरेटिभ मेनेजर्स क्लब काभ्रे, सहकारी कर्मचारी क्लब, सहकारी व्यवस्थापहरुको क्लब चरिकोट, कोअपरेटिभ म्यानेजर्स क्लब कैलाली, कञ्चनपुर कोअपरेटिभ म्यानेजर्स क्लब कास्की, लगायतले  विज्ञप्ति जारी गरी उक्त कार्य घोर भत्सर्ना र निन्दनीय भएको भन्दै दोषी उपर हदैसम्मको कारबाहीको  माग गरेका छन् । नेफ्स्कून साकोस म्यानेजर्स क्लबका तर्फबाट संयोजक देवराज ज्ञवालीले जारी गरेको विज्ञप्तिमा नेफ्स्कून सुर्खेत सेवा कार्यालयका कर्मचारीहरुमाथि संघका सञ्चालक भोटेले गरेको भौतिक आक्रमणले क्लबलाई गम्भीर रुपमा मर्माहत र चिन्तित बनाएको भन्दै तत्काल सञ्चालक समिति र व्यवस्थापन प्रतिनिधिसहितको बैठक बसी निज सञ्चालकलाई निलम्बन गर्न माग गरिएको छ । यस्तै, सत्य तथ्य छानविन गरी पिडितलाई संरक्षण, मनोपरामर्श र न्यायसंगत क्षतिपूर्ति प्रदान गर्न जोडदार माग क्लबले गरेको छ । 

यस्तै, कोअपरेटिभ मेनेजर्स क्लबहरुले  संघको कर्मचारीको रुपमा आफनो तोकिएको जिम्मेवारी पूरा गर्ने सिलसिलामा कार्यक्षेत्रमा आफ्नै सञ्चालक समिति सदस्यद्वारा सांघातिक आक्रमणमा पर्नु यो सहकारी अभियान कै अन्त्यन्तै लज्जावोध विषय भएको  बताएका छन् । उक्त व्यवहारले सहकारीको मूल उद्देश्य, सहकारी मूल्य मान्यताहरुको मात्र उल्लङघन भएको छैन यस्ता प्रकारका गतिविधिले सहकारी क्षेत्रमा कार्यरत समस्त कर्मचारीको मनोबल समेत गिरेको छ ।’ उनीहरुले  यस्तो निन्दनीय तथा अक्षम्य आक्रमणमा संलग्न सञ्चालक वीरहादुर रावत भोटेलाई सञ्चालक समितिको बैठकबाट तत्काल निलम्बन गर्न, निष्पक्ष छानविन समिति गठन गरी घटनाको तत्काल छानविन गर्न र दोषीलाई हदैसम्मको कानूनी कारवाहीका  लागि माग गरेका छन् ।

त्यसैगरी विभिन्न सहकारी संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापकहरुले समेत कर्मचारी माथि आक्रमण गर्ने सञ्चालक रावतलाई कारवाहीको माग गरेका छन् । वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरूलाई बाह्य रुपमा विभिन्न तरिकाले आक्रमण भइरहेको समयमा संरक्षकहरूको यो हातलको खुल्ला गुण्डागर्दी रोक्नको लागि तत्काल सरकारले गिरफ्तार गरेर कारबाही अगाडि  बढाउन र  केन्द्रीय संघले तत्काल सञ्चालकबाट बर्खास्त गर्न उनीहरुले माग गरेका छन् ।