आइतबार, आश्विन १८ गते २०८३

डिजिटल कारोबारमा सुयोग्यको जोड, डिजिटल माध्यमद्धारा कारोबार गर्ने सदस्यलाई प्रोत्साहन


पौष २०, २०८२ आइतबार
डिजिटल कारोबारमा सुयोग्यको जोड, डिजिटल माध्यमद्धारा  कारोबार गर्ने सदस्यलाई  प्रोत्साहन

सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले  डिजिटल माध्यमद्धारा नियमित र अधिकतम कारोबार गर्ने दुई सदस्यहरुलाई  प्रोत्साहन गरिएको छ । संस्थाले एक हजारको रिचार्ज कार्ड सहित प्रशंसापत्र र मायाको चिनोद्धारा उनीहरुलाई  प्रोत्साहित गरेको  हो।

संस्थाद्धारा आयोजित वित्त तथा डिजिटल साक्षरता कार्यक्रममा संस्थाका सदस्यद्धय अमृतमाया तामांग र श्याम खड्कालाई उक्त प्रोत्साहन  गरिएको  थियो । संस्थाका अध्यक्ष टेकवहादुर लिम्वुको अध्यक्षता र संचालक देउप्रसाद लिम्वुको स्वागत मन्तव्यबाट शुरु भएकोे वित्त तथा डिजिटल साक्षरता कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले सुयोग्यको संक्षिप्त झलक प्रस्तुतितीकरण गरेका थिए ।  साथै संस्थाका डिजिटल सेवाहरुको प्रयोगबारे सदस्यहरुलाई प्रशिक्षित गरेका थिए । यसबारे थप स्पष्ट पार्दै संस्थाका सूचना तथा प्रविधि सहायक साप्चुहांग तुम्वाहाम्फेले सदस्य अमृतमाया तामांगको उदाहरण दिंदैं हेर्दा अप्ठ्यारो लागेपनि संचालनमा कठिनाई नहुने र सिक्न सकिने कुरामा विश्वास दिलाए । 

c3bad08a-d260-42cb-b6e7-cde36191acc9.jpeg

सोही कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार चित्रा कुमारी थाम्सुहांग सुव्वाले सहकारी शिक्षा तथा वित्तीय साक्षरता विषयमा प्रशिक्षण  दिएकी थिइन् । वित्तीय योजना, बचत, लगानीबारे व्यावहारिक प्रस्तुति दिर्दैं सुव्वाले वित्तीय सेवा प्रदायक संस्था छनौटमा समुदायमा आधारित सहकारी संस्था मात्र छनौटका लागि सचेत गराइन् । सहकारी संस्थाका समिति उपसमिति कर्मचारीहरुले मात्र नभई सदस्यले पनि सहकारीका नैतिक मूल्य अनुरुप आफ्नो जीवनशैली अपनाउनुपर्ने भन्दै सुयोग्यलाई अझ सुयोग्य बनाउन सदस्यहरु समेत सुयोग्य हुनुपर्ने कुरामा सदस्यहरुको ध्यानकेन्द्रित गराएकी थिइन्  । 

संस्थाका संचालकहरु खुसमाया श्रेष्ठ, श्रीचन्द्र तण्डुकार र भगिमाया थाम्सुहांग समेतको सहभागिता रहेको उक्त कार्यक्रममा करिब १५० जना सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।