जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले विविध कार्यक्रमको आयोजना गरी २१ औं वार्षिकोत्सव मनाएको छ । संघकी अध्यक्ष कल्पना श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रि प्रसाद लम्साल,मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, सोही संघकी निर्वतमान अध्यक्ष पार्वती राना लगायत सहकारी संघ संस्थाका प्रतिनिधि अतिथिको रुपमा रहेका थिए ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने संघ संस्था र व्यक्तिलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । सो अवसरमा सर्वोत्कृष्ट महिला साकोसको रुपमा महिला सेवा साकोस,सर्वोत्कृष्ट मिश्रित साकोस रुपमा जनचेतना साकोस,सहकारी अभियानकर्मी महिलातर्फ राधा धिताल र सहकारी अभियानकर्मी पुरुषतर्फ पञ्चरत्न साकोसका अध्यक्ष भोजमान श्रेष्ठ सम्मानित भएका छन् । त्यसैगरी उत्कृष्ट सहकारी कर्मचारी महिला र पुरुषतर्फ क्रमशः महिला जनशक्ति साकोसकी माया तामाङ र संजिवनी साकोसका प्रकाश बहादुर खनाल सम्मानित भएका छन् । उत्कृष्ट दैनिक कारोबारतर्फ गणपति बाबा साकोस, २० करोड माथि कुल सम्पत्ति भएका सहकारी मध्ये व्यवसाय पुुरस्कारतर्फ सर्वाविधक बचत जम्मा गर्नेतर्फ जनकल्याण साकोस,सर्वाधिक ऋण परिचालनतर्फ बज्रबाराही साकोस र सर्वाधिक शेयर खरिदतर्फ महिला मिलन साकोस सम्मानित भएका छन् ।

त्यसैगरी ७ करोडदेखि २० करोडसम्म कुल सम्पत्ति भएका संस्थाहरु मध्येबाट सर्वाधिक बचत जम्मातर्फ महिला कल्याण साकोस,सर्वाधिक ऋण परिचालनतर्फ प्रतिफल साकोस,सर्वाधिक शेयर खरिदतर्फ दिवज्योति महिला साकोस र ७ करोडसम्म कुल सम्पत्ति भएका संस्थाहरु मध्ये सर्वाधिक बचत गर्नेतर्फ सृजनशिल महिला साकोस, सर्वाधिक ऋण परिचालनतर्फ पाथिभरा साकोस र सर्वाधिक शेयर खरिदतर्फ पासाङल्हामु महिला विकास साकोस सम्मानित भएका छन् । वार्षिकोत्सवको अवसरमा सहकारी संस्थाहरुले मौलिक, जातिय र विभिन्न भेषभुषा सहितको नृत्य समेत प्रस्तुत गरेका थिए ।
सो अवसरमा सहयात्री साकोसले स्वागत गीत प्रस्तुुत गरेको थियो भने सृजनशिल महिला साकोसले मगर नाच,पश्चिम क्षेत्र सहकारी सञ्जालले चेपाङ नाच,पासाङल्हामु मलिा विकास साकोसले माझी नाच, जागरण साकोसले लोक नृत्य,संजिवनी साकोसले थारु नाच,मितेरी साकोसले नेवारी नाच,महिला मिलन साकोसले तामाङ सेलो र पञ्चरत्न साकोसले गुरुङ नाच प्रस्तुुत गरेका थिए । ‘सांस्कृतिक विविधता नेपालीको पहिचान, आर्थिक, सामाजिक, सांस्कृतिक उन्नयनमा सहकारी अभियान’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।
रक्तदान कार्यक्रम
संघको आयोजनामा हिजो रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । हेटौँडा–२ स्थित संघकै कार्यालय परिसरमा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए। संघकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । संघको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको हो ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । पछिल्लो समय हेटौँडामा रगतको माग र वितरणमा सन्तुलन कायम रहेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिए । रक्तसञ्चार केन्द्र हेटौँडाले हेटौँडामा संकलन गरेको रगत छिमेकी जिल्ला चितवनसँगै काठमाडौं, लहानसम्म पठाउने गरेको थियो । तर, पछिल्लो समय हेटौँडामै रगतको खपत बढ्दै गएकोले चितवन, काठमाडौं, लहान पठाउन नसकिएको सापकोटाले बताए ।
नेपालपत्र संवाददाता