लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा बचतको महत्व बुझाउने उदश्यले बचत खेल तालिमको आयोजना गरेको छ । संस्थाको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि। (नेफ्स्कून) को प्राविधिक सहयोगमा बचत खेल तालिम सम्पन्न भएको हो ।
पौष १३ र १४ गते युथ स्पोर्टस क्लवको भवन लामोसाँघुमा सञ्चालन भएको उक्त तालिममा २५ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो । उपस्थित शेयर सदस्यहरुलाई पाँच भागमा बिभाजन गरि समुहगत कार्यलाई वित्तीय खेल मार्फत प्रशिक्षण गराईएको थियो । संस्थाको अध्यक्ष पुर्णचन्द्र ढकालको संयोजनमा प्रारम्भ भएको उक्त खेल तालिमको प्रशिक्षण नेफ्स्कूनका अधिकृत राजन सुवेदी र रबिन्द्र श्रेष्ठले गरेका थिए । संस्थाले सदस्यहरुमा बचतको महत्व बुझाउन समय समयमा यस्ता कार्यक्रम गर्दै आएको छ ।
संस्थाले सदस्यहरुमा बचतको महत्व बुझाउन समय समयमा यस्ता कार्यक्रम गर्दै आएको छ । ३ हजार ३ सय माथि सदस्य आवद्ध रहेका उक्त संस्थाको कुल सम्पत्ति २२ करोड ६० लाख पुगेको छ । संस्थाले १९ करोड ३१ लाख बचत संकलन गरी १७ करोड १५ लाख ऋण लगानी गरेको छ ।

नेपालपत्र संवाददाता