काठमाडौं २८ बागबजारमा रहेको कश्मीरा बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनको अधिनमा रही सभा सम्पन्न गरेको हो । सभाको संस्थाकी जेष्ठ सदस्यले उद्घाटन गरेकी थिइन् ।
संस्थाका अध्यक्ष जयराम तिमिल्सिनाको अध्यक्षतामा भएको साधारण सभामा सचिव सुदर्शन अर्यालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश फुयालले आर्थिक प्रतिवेदन तथा चालु आ.व. को लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक बर्ष २०८१÷८२ को असार मसान्तसम्म शेयर पुँजी २ करोड ७६ लाख ३९ हजार,विभिन्न कोषहरुमा २ करोड २१ लाख ६६ हजार, बचत संकलन २० करोड ३५ लाख,९७ हजार गरी विभिन्न शिर्षकमा ३३ करोड ३५ लाख ९७ हजार ऋण लगानी गरेको छ । संस्थाले वाह्य ऋण समेत लिएर सदस्य माझमा ऋणको पहुँच पु¥याउन लागि परेको छ ।

गत असारसम्म संस्थाले ९ करोडको हारहारीमा वाह्य ऋण लिएको छ । गत असार मसान्तसम्म संस्थाको. कुल सम्पत्ति ३४ करोड ५० लाख ५९ हजार पुगेको छ । संस्थाले सो अवसरमा विभिन्न विधामा सदस्यहरुलाई सम्मान समेत गरेको थियो । संस्थाले सदस्यहरुको आवश्यकता अनुसार कश्मीरा बचत,घर खर्च बचत,सुपर बचत, खुत्रुके बचत,कश्मीरा विशेष बचत,कश्मीरा कल बचत,साधारण बचत,पारिवारिक बचत र कश्मीरा मासिक बचत जस्ता योजना सञ्चालनमा ल्याएको छ । संस्था सहकारी मुल्यस मान्यता र सिद्धान्तको आधारमा सञ्चालित भई सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणको लागि क्रियशिल छ । सदस्यहरुको विश्वास जित्न सफल उक्त संस्थाले सदस्यहरुलाई प्राथमिकतामा राखेर बचत ऋणको कारोबार गर्दै आएको जनाएको छ ।
नेपालपत्र संवाददाता