रामपुर नगरपालिका ७, पाल्पामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेल सम्मानित भएका छन् । व्यवस्थापक पौडेललाई लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(लुम्बिनी प्रोस्कून) ले सम्मान गरेको हो ।
लुम्बिनी प्रोस्कूनको ५ औं साधारण सभाको अवसरमा व्यवस्थापक पौडेल लुम्बिनी प्रदेश स्तरीय ‘ लुम्बिनी प्रोस्कूनको उत्कृष्ट व्यवस्थापक’ को रुपमा सम्मानित भएका हुन् । संघका अध्यक्ष कृष्ण प्रसाद नेपाल लयागतले उनलाई सम्मान प्रदान गरेका थिए ।
सहकारी क्षेत्रमा लामो समयदेखि क्रियशिल पौडेल सहकारी मार्फत् सदस्य र समुदायको आर्थिक सामाजिक रुपान्तरण गर्न सक्ने बताउँछन् । सहकारी समाज रुपान्तरणको महत्वपूर्ण आधार भएको उनको भनाई छ ।
नेपालपत्र संवाददाता