शुक्रबार, कार्तिक ७ गते २०८३

काभ्रेपलाञ्चोक जिल्ला बचत संघको अध्यक्षमा पुनः कायस्थ


पौष ११, २०८२ शुक्रबार
काभ्रेपलाञ्चोक जिल्ला बचत संघको अध्यक्षमा पुनः कायस्थ


काभ्रेपलाञ्चोक  जिल्ला बचत तथा ऋण सहकारी संघको २८ औं साधारण सभा सम्पन्न भएको छ । सभाले उदयराम कायस्थको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । कायस्थ यस अघि पनि सोही  संघको अध्यक्ष थिए । संघले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गरेको व्यवस्था अनुसार ९ सदसिय सञ्चालक समिति चयन गरको हो ।

संघको उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिवमा राजन अधिकारी र कोषाध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संघको महिला सञ्चालकमा चन्दा श्रेष्ठ र  सञ्चालकहरुमा राजन सापकोटा, श्रीकृष्ण न्यौपाने, विनोद सापकोटा र जान्दवी अधिकारी रहेका छन् । संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा शिवप्रसाद आचार्य र सदस्यहरुमा नवराज के.सी. र राजकुमार आचार्य चयन भएका छन् ।  सर्वसम्मत रुपमा संघको सञ्चालक समिति चयन गरिएको हो ।  सञ्चालक समितिको कार्यकाल ४ बर्ष रहेको छ ।