नेपाल आयल निगमले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि संयुक्त विद्यार्थी संगठनले तत्काल फिर्ता लिन माग गरेका छन । मूल्यवृद्धिको माग गदै उनीहरुले टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालय समेत घेराउ गरेका छन ।
आज बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गर्दै ती विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका हुन् ।
विद्यार्थी संगठनका नेताहरुले आम जनता र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरुलाई पनि दबाब दिइरहेका छन् ।
निगमले प्रतिसिलिन्डर रु ७५ बढाएर एलपी ग्यासको मुल्य १५ सय ७५ , पेट्रोल, डिजेल र मट्टितेल पनि प्रतिलिटर तीन रूपैयाले बढाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर रु १३६ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य रु ११९ कायम भएको छ ।