शनिबार, कार्तिक ८ गते २०८३

सगुन साकोसले पायो सहकारी प्राधिकरणबाट बचत ऋण कारोबारको लागि इजाजतपत्र

पौष ७, २०८२ सोमबार
सगुन साकोसले पायो सहकारी प्राधिकरणबाट बचत ऋण कारोबारको लागि इजाजतपत्र


सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२  को दफा ४ बमोजिम  उक्त संस्थाले ‘सहकारी संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको हो । 

बचत तथा ऋणको मुख्य कारोबार गर्न लागि संस्थाले इजाजतपत्र नं. २०५७ – ००१२२ प्राप्त गरेको छ । सर्लाही जिल्लाभरी कार्य क्षेत्र रहेको संस्थामा १४ हजार सदस्य आवद्ध रहेका छन् । संस्थाले प्रकाशित गरेको मंसिर महिनासम्मको वित्तीय विवरण अनुसार शेयर पुँजी १५ करोड २६ लाख,जगेडा कोष १३ करोड ९२ लाख,संस्थागत पुँजी १४ करोड ६० लाख,बचत संकलन १ अर्ब ३८ करोड ९० लाख र ऋण लगानी १ अर्ब १९ करोड ३२ लाख रहेको छ । संस्थामा ३६ प्रतिशत माथि तरलता रहेको छ भने कुल सम्पत्ति १ अर्ब ८८ करोड ७५ लाख पुगेको छ ।