आइतबार, कार्तिक ९ गते २०८३

विरेन्द्रनगर साकोसले पनि पायो सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र


पौष ३, २०८२ बिहीबार
विरेन्द्रनगर साकोसले पनि पायो सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र

सुर्खेतको विरेन्द्रनगरमा मुख्य कार्यालय रहेको  विरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र पाएको छ । उक्त इजाजतपत्र विरेन्द्रनगर साकोस कर्णाली प्रदेशकै पहिलो सहकारी बनेको छ ।

प्राधिकरणले संस्थालाई आज (पौष ३ गते) इजाजतपत्र प्रदान गरेको हो । संस्थाले इजाजतपत्र नं. २०५८– ००००७ प्राप्त गरेको छ । प्राधिकरणले मंसिर १० गते ‘सहकारी दर्ता पोर्टल’ सार्वजनिक गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्र आवेदन खुला गरेको थियो । सुर्खेत जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्था २०५८ साल असार २२ गते २७ जना सदस्यहरुबाट सुरु भएको थियो ।

संस्थामा हाल २३ हजार ७ ८७ जना सदस्य आवद्ध छन् । १९ संस्थागत सदस्य रहेको संस्थामा ४ हजार ४१८ बाल सदस्य छन् । २०८२ मंसिर मसान्तसम्मको वित्तीय ििववरण अनुसार संस्थाको सेयर पुँजी १६ करोड १ लाख, जगेडा कोष ६ करोड ४८ लाख, कुल संस्थागत पुँजी ६ करोड ७९ लाख, कुल बचत ९९ करोड ८९ लाख, कर्जा लगानी १ अर्ब १० करोड र कुल सम्पत्ति १ अर्ब ४२ करोड रहेको छ। संस्थामा २३ हजार ६ सय सदस्य आवद्ध रहेका छन् ।

प्राधिकरणका अनुसार १६० सहकारी संस्थाले इजाजतपत्र प्राप्त गर्न आवश्यक पर्ने सम्पूर्ण कागजात सफ्टवेयर मार्फत प्रविष्ट गरिसकेका छन् ।