आइतबार, कार्तिक ९ गते २०८३

लामोसाँघु साकोसद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना


पौष १, २०८२ मंगलबार
लामोसाँघु साकोसद्वारा वित्तीय साक्षरता कार्यक्रम  आयोजना

लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । संस्थाले  महिला सदस्यहरु मध्य लघुवित  कार्यक्रममा आबद्ध सदस्यहरुको सहभागितामा पहिलो चरणको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाले मंसिर २२ गते देखी २८ गते सम्म सञ्चालन  गरेको  उक्त कार्यक्रममा सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो । संस्थाको बार्षिक कार्ययोजनामा अनुसार सञ्चालन भएको उक्त कार्यक्रममा मानव जीवनमा वित्तसंग सम्बन्धित पेरिफेरीमा रहेर तयार गरेको वित्तीय साक्षरता कोर्ष अनुसार संस्थाको  व्यवस्थापक रबिन बि.क.विभागिय प्रमुख साजन लामा तामाङ र कृष्ण श्रेष्ठद्धारा सहभागिहरुलाई प्रशिक्षण  दिएका थिए । 

600367871_4299640500358087_602174695230494659_n.jpg

लघुवित  समुहमा आबद्ध तथा सदस्यहरुलाई दोस्रो चरणको कार्यक्रममा सहभागि गराउने संस्थाको योजना रहेको जनाएको छ । संस्थाले सदस्यहरुको सहजताको लागि विभिन्न  ४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । संस्थामा ३ हजार ३३१ सय आवद्ध रहेका छन् । गत कातिक मसान्तसम्म संस्थाको शेयर पुँजी १ करोड ३८ लाख, साधारण जगेडा कोष १ करोड ४७ लाख,बचत संकलन १९ करोड १८ लाख,ऋण लगानी १६ करोड ८० लाख गरी कुल सम्पत्ति २२ करोड ८० लाख पुगेको छ ।