सरकारले सातै पिच्छे मूल्य समायोजन भन्दै पेट्रोलियम पदार्थको धमाधम मूल्य बृद्धि गर्न थालेपछि त्यसका बिरुद्ध नेकपा(बिप्लब )ले एक साताब्यापी आन्दोलनको कार्यक्रमकासाथ कार्तिक ३० गते नेपाल बन्दको समेत आह्वान गरेको छ ।
त्यस पार्टीका महासचिव नेत्रबिक्रम चन्द(बिप्लब)ले यस सम्वन्धमा एक प्रेस बक्त्यब जारी गर्दै बिरोध कार्यक्रमको घोषण गरेका हुन् ।
ग्यास लगायत पेट्रोलियम पदार्थको मूल्य बृद्धि बिरुद्ध आज कार्तिक २५ गते देशब्यापी बिरोध, २६ गते मसाल जुलुश निकाल्ने २७ गते दिउसे १ देखि २ बजेसम्म् देशब्यापी प्रदर्शन, २८ गते बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्का जाम २९ गते दिउसो सिट्टी जुलुश र बेलुका मसाल जुलुश तथा ३० गते कार्तिकका दिन नेपाल बन्दको कार्यक्रम राखेको बिज्ञप्तिमा उल्लेख छ । नेपाली जनताका चाडबाड चलिरहेका बेला दुइ दुइपटक पेट्राेलियम पदार्थकाे भाउ मात्र बर्तमान सरकारले बढाएकाे छैन, चाडबाडकाे बेला खाद्य पदार्थ, खाने तेल, तरकारी र फलफूलकाे अचाक्ली महँगी बढ्रदा पनि सरकार सर्ब साधारण जनताकाे ढाड सेकेकाे रमिता हेरेर बसिरहेकाे छ ।
नेकपा(बिप्बलब) समूहकाे क्तब्यकाे पूर्ण पाठ निम्नानुसारकाे छ :
