काठमाडौं । गोरखा जिल्लाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बुढीगण्डकीको आकस्मिक लेदोसहीतको बिशाल बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ । त्यहाँ कार्यरत १८ जना कर्मचारीहरुले भने भागेर ज्यान जोगाएको बताइएको छ छ।
त्यो बिशाल बाढीले कम्पनीका ९ वटा ब्लक र ६ वटा पब्लिक बिल्डिङहरू बगाएको प्रारम्भिक सूचना प्राप्त भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

त्यस आयोजनामा कार्यरत १८ जना कर्मचारीहरूले भने स्थानीयबाट बाढी आउन लागेको सूचन पाएपछि भागेर ज्यान जोगाउन उनीहरू आफैं अग्लो र सुरक्षित स्थानमा गएका बताइएको छ ।
थाहा भएकेछ । बुढी गण्डकी आज आएको लेदो सहीतको भीषण र भयावह बाढीले के कति क्षति पुर्यायो त्यसको पूर्ण बिवरण आउन बाँकी नै छ ।
नेपालपत्र संवाददाता