सहकारी सञ्चार डटकमका प्रधान सम्पादक अर्जुन खतिवडा सम्मानित भएका छन् । सम्पादक खतिवडालाई बागमती प्रदेश सहकारी संघले पाँचौ साधारण सभाको अवसरमा सम्मान गरेको हो । सहकारी क्षेत्रलाई विट बनाएर लामो समयदेखि यस क्षेत्रको विकास र प्रवर्दनमा कलम चलाएको भन्दै उनलाई संघले सम्मान गरेको हो ।
संघका अध्यक्ष रामशरण शर्मा घिमिरे र कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सयुक्त रुपमा सम्पादक खतिवडालाई सम्मान गरेका थिए । एक दशक भन्दा लामो समयदेखि पत्रकारितामा क्रियशिल खतिवडा सहकारी क्षेत्रमा विशेष दखल राख्छन् । खतिवडाले सहकारी क्षेत्रका समस्या, सम्भावना,विकृति साथै नीतिगत र कानुनी विषयलाई मुल मुद्धा बनाएर समचार लेख्दै आएका छन् ।
त्यसका साथै सहकारी मार्फत् समाजमा भएका रुपान्तरण र असल अभ्यासलाई समेत उनले विशेष उजागर गर्ने गरेका छन् । विभिन्न संघ संस्थामा समेत क्रियशिल खतिवडा नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को उपाध्यक्ष हुन् । राष्ट्रिय सहकारी हकहित समाजको संस्थापक अध्यक्ष समेत रहेर उनले यसको क्षेत्रको विकास र प्रवर्दनमा वहस तथा पैरवी गरेका थिए ।
नेपालपत्र संवाददाता