नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ।
मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिका बैठकले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने १६.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको कम्पनीले जनाएको छ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।
नेपालपत्र संवाददाता