शनिबार, आश्विन १७ गते २०८३

बेनेभिस आइसक्रिमद्धारा डा. सरिशा श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त


भाद्र ४, २०८३ बिहीबार
बेनेभिस आइसक्रिमद्धारा डा. सरिशा श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं। फिसटेल डेरी प्रा.लि. अन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल अर्थ २०२२ डा . सरिशा श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। यस सहकार्यसँगै बेनेभिस आइसक्रिमको सञ्चार, प्रवर्द्धन तथा उपभोक्ता संलग्नताको यात्रामा नयाँ अध्यायको सुरुवात भएको छ। 

चिकित्सक, टेलिभिजन प्रस्तोता तथा सौन्दर्य प्रतियोगिताकी विजेता  श्रेष्ठले नेपालमा आफूलाई एक बहुआयामिक तथा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित छिन्। व्यावसायिक दक्षता, उत्कृष्ट सञ्चार क्षमता, आत्मविश्वास, सौन्दर्य तथा युवा पुस्तासँगको बलियो सम्बन्ध उनको प्रमुख पहिचान हुन्। ब्रान्ड एम्बेसडर सम्झौतामा डा. श्रेष्ठ र फिसटेल डेरी  अन्तर्गत बेनेभिस आइसक्रिमका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले औपचारिक रूपमा हस्ताक्षर  गरेका हुन् ।  श्रेष्ठले मिस अर्थ २०२२ मा नेपालको प्रतिनिधित्व गर्दै आएका छिन्।

अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा उहाँले वातावरणीय सचेतना तथा वातावरणसम्बन्धी सञ्चारमा सक्रिय भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएकी छन्। सोही क्रममा उनले एसिया तथा ओसिनिया क्षेत्रको  समेत प्राप्त गरेकी छन्, जुन उनको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता यात्राको उल्लेखनीय उपलब्धि मध्ये एक हो। सौन्दर्य प्रतियोगिताबाहेक  श्रेष्ठले चिकित्सक तथा टेलिभिजन प्रस्तोताका रूपमा पनि विविध अनुभव हासिल  गरेकी छन् । व्यावसायिक पृष्ठभूमि, प्रभावकारी सञ्चार क्षमता तथा विभिन्न वर्गका दर्शकसँग सहज रूपमा जोडिन सक्ने क्षमताले उहाँलाई एक प्रभावशाली सार्वजनिक व्यक्तित्वका रूपमा स्थापित गरेको छ।   

“श्रेष्ठलाई हाम्रो ब्रान्ड एम्बेसडरका रूपमा बेनेभिस परिवारमा औपचारिक रूपमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। उहाँका उपलब्धि, व्यावसायिक पृष्ठभूमि, व्यक्तित्व तथा सकारात्मक सार्वजनिक छविले बेनेभिसले प्रतिनिधित्व गर्न चाहेका मूल्यहरूसँग बलियो सामञ्जस्य राख्छन्। चिकित्सक, टेलिभिजन प्रस्तोता तथा मिस नेपाल अर्थ २०२२ का रूपमा उहाँले व्यावसायिकता, सञ्चार क्षमता र जनअपिलको अद्वितीय संयोजन प्रस्तुत गर्नुहुन्छ। विशेषगरी भ्अय(ख्ष्मभय विधामा हासिल  गरेकी अन्तर्राष्ट्रिय पहिचानले सिर्जनशीलता र सचेतनालाई समेत प्रतिबिम्बित गर्दछ, जुन हाम्रो ब्रान्डको विकसित हुँदै गएको पहिचानसँग मेल खान्छ। हामी उहाँसँग अर्थपूर्ण, सिर्जनशील र आकर्षक अभियानहरू सिर्जना गर्न उत्साहित छौँ।”

“बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडरका रूपमा जोडिन पाउँदा म निकै खुसी छु। स्वाद, गुणस्तर र खुसीका क्षणहरू सिर्जना गर्न केन्द्रित हुँदै अघि बढिरहेको नेपाली ब्रान्डसँग सहकार्य गर्न पाउनु मेरो लागि उत्साहजनक अवसर हो। आगामी दिनमा बेनेभिससँग मिलेर रोमाञ्चक अभियान तथा नयाँ अनुभवहरू सिर्जना गर्न र ब्रान्डको यात्राको हिस्सा बन्न म उत्साहित छु।”ब्रान्ड एम्बेसडरका रूपमा डा। सरिशा श्रेष्ठले सम्झौताको अवधिभर बेनेभिसका विभिन्न ब्रान्ड अभियान, फोटोसुट, डिजिटल सामग्री, प्रवर्द्धनात्मक गतिविधि, उपभोक्ता संलग्नता कार्यक्रम तथा अन्य ब्रान्ड सञ्चारसम्बन्धी गतिविधिहरूमा सहभागिता  जनाउने छिन् । 

यस सहकार्यले बेनेभिस आइसक्रिमको ताजगीपूर्ण तथा युवा केन्द्रित ब्रान्ड पहिचानलाई डा। सरिशा श्रेष्ठको व्यावसायिक दक्षता, व्यक्तित्व, अन्तर्राष्ट्रिय अनुभव तथा युवा पुस्तामाझको प्रभावसँग जोडेको छ। चिकित्सक, टेलिभिजन प्रस्तोता तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसक्नुभएकी उहाँको बहुआयामिक पहिचानले यस सहकार्यलाई थप विशिष्ट बनाएको छ। यस सहकार्यबाट बेनेभिसले आफ्ना उपभोक्तासँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै नयाँ, आकर्षक तथा अविस्मरणीय ब्रान्ड अनुभवहरू सिर्जना गर्ने लक्ष्य लिएको छ।

औपचारिक हस्ताक्षरसँगै बेनेभिस आइसक्रिम र  श्रेष्ठबीचको सहकार्यको औपचारिक सुरुवात भएको छ। दुवै पक्षले आगामी दिनमा सिर्जनशील, अर्थपूर्ण तथा प्रभावकारी अभियानमार्फत नेपाली उपभोक्तासँग थप नजिक पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बेनेभिस आइसक्रिम, फिसटेल डेरी प्रा।लि। अन्तर्गतको एक प्रिमियम आइसक्रिम ब्रान्ड हो। ब्रान्डले उपभोक्तालाई गुणस्तरीय आइसक्रिम तथा अविस्मरणीय अनुभव प्रदान गर्ने प्रतिबद्धता राख्दै आएको छ। नवीन उत्पादन, सिर्जनशील मार्केटिङ अभियान, उपभोक्ता केन्द्रित गतिविधि तथा आकर्षक ब्रान्ड अनुभवमार्फत बेनेभिसले नेपालमा आफ्नो बजार उपस्थिति निरन्तर विस्तार गर्दै आएको छ।