शनिबार, आश्विन १७ गते २०८३

लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश दिने

कार्तिक २५, २०७८ बिहीबार
लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश  दिने

लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले ८ प्रतिशत बोनस सेयर र साढे तीन प्रतिशत नगद लाभांश घोषणा  दिने  भएको हो । 

बैंकले घोषणा गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी छ। बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ८५ करोड ५६ लाख रुपैयाँले बढ्ने छ। 

बैंकले गत बर्ष  साढे ११ प्रतिशत  लाभांश दिएको थियो।  बैंकले पछिल्लो १० बर्षमा अधिकतम ३८ प्रतिशतसम्म लभांश दिएको छ। बैंकले सत् प्रतिशतसम्म हकप्रद जारी गरेर पुँजी बृद्धि गरेको हो । बैंकले गत बर्ष एक अर्ब ३६ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो।