आइतबार, आश्विन १८ गते २०८३

आभाष साकोसद्वारा स्थापना दिवसमा जेष्ठ सदस्यलाई सम्मान


मंसिर १४, २०८२ आइतबार
आभाष साकोसद्वारा स्थापना दिवसमा जेष्ठ सदस्यलाई सम्मान

आभाष बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रमको आयोजना गरी १६ औं वार्षिकोत्सव मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान तथा जेष्ठ सदस्यलाई सम्मान गरेको छ । संस्थाको  सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  जेष्ठ सदस्यहरुलाई  सम्मान गरेको हो ।

सहकारीले  एक कार्यक्रमको आयोजना गरी १९७ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको   ।हो  संस्थाले २०७४ साल देखि ७० वर्ष उमेर पुगेका जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै आएको संस्थाका मुख्य  प्रबन्धक सुवाष वैद्यले जानकारी दिए । बनेपा मुख्य कार्यालयबाट १ सय ८०जना, पनौती सेवा केन्द्रबाट १२ र भकुण्डे सेवा केन्द्रबाट ५जना गरी १सय ९७ जनालाई सम्मान गरिएको छ। संस्थाका अध्यक्ष ग्रोबेन तौजलेकोअध्यक्षतामा सम्पन्न कार्यक्रममा  सदस्यहरुलाई  हिटर उपहार प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले जन्म दिने आमाबुबालाई खुशी राख्न सके मात्र उहाँहरुप्रति सच्चा सम्मान हुने बताए । उनले सरकारले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता दिनेदेखि अन्य सुविधाहरु दिइरहेको अवस्थाका बीच आभाष सहकारीले आफ्ना जेष्ठ सदस्यहरुलाई पनि सम्मान गर्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको उल्लेख गरे । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न साक्य संस्थाका प्रमुख सल्लाहकार तथा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बनेपा नगरपालिकाका उप प्रमुख बिमला सापकोटा लगायतले ज्येष्ठ नागरिकहरु परम्परा, चालचलन र सांस्कृतिका वाहक भएकोले  संस्थाले सम्मान गरेको प्रशंसा व्यक्त गरे । 

IMG_1520-1536x1152.jpeg

संस्थाले स्थापना दिवसको अववसरमा आयोजित रक्तदान कार्यक्रममा सदस्य, कर्मचारी सञ्चालक र स्थानीयले रक्तदान गरेका छन् । संस्थाले विरामीको उपचार  लागि आवश्यक पर्नेरगतको मागलाई केही मात्रामा पुरा गर्ने उदेश्यले रक्तदान आयोजना गरेको जनाएको छ ।