शुक्रबार, कार्तिक ७ गते २०८३
#pokhreliknots

जेन् जी क्रान्तिप्रति

मंसिर ९, २०८२ मंगलबार
जेन् जी क्रान्तिप्रति

आकाश रातो भयो ७
धर्ती रक्ताम्य जो थियो ८
युवा जमीनमा लडेका  ९
फोहरा माथि माथि चढेका १०
रगतको   मृत्योन्माद थियो  १०
यो नबिर्सिने याद थियो ९
साशनको सातो गयो ८
आकाश रातो भयो ७

सडक तातो भयो ७
देश फेरि रातो भयो ८
यो रक्तिम क्रान्ति उठेको ९
न्याय नपाएको नेपालमा १०
कुशासनको यस हालमा १०
फेरि ढालिए गोली हानी  ९
ती ज्यूँदा शहीदहरू  ८
देशले धेरै सह्यो ७

एकजुट भै आउ ७
यो देश आफैं उठाउ ८
देशको शान फिर्ता ल्याउ ९
हत्यारा सबैका पाता कस १०
युवाहरू   अब जागा बस १०
खोरमा तिनलाई जाक ९
विश्व चकित बनाउ ८
आउ सौरभ ल्याउ ७

 

[पोखरेल नेपालका चर्चित बहुभाषिक कवि/साहित्यकार र पोखरेली छन्द (#pokhreliknots) का प्रवर्तक हुनुहुन्छ। यस नवीन छन्दको प्रयोग हाल नेपाली, हिन्दी र अङ्ग्रेजी काव्य रचनामा विश्वभर भैरहेको छ‌।]