आइतबार, आश्विन २५ गते २०८३

नाेबेल साहित्यिक पुरस्कार एनी कार्सनले पाइन्


आश्विन २४, २०८३ शनिबार
नाेबेल साहित्यिक पुरस्कार एनी कार्सनले पाइन्

काठमाण्डाै ।  क्यानाडाली कवयित्री तथा निबन्धकार एनी कार्सनलाई साहित्यतर्फको २०२६ को नोबेल पुरस्कार प्रदान गरिएको छ। शास्त्रीय साहित्यको परम्परामा नयाँ योगदान पुर्‍याएबापत र साहित्यका नयाँ स्वरूपहरू निर्माण गरेबापत नोबेल समितिले उनलाई यो सम्मान प्रदान गरेको हो।

 नोबेल पुरस्कारको घोषणा हुनुअघि चिनियाँ लेखक काई शु, जापानी लेखक हारुकी मुराकामी, अस्ट्रेलियाली लेखक जेराल्ड मुर्नेन र अमेरिकी लेखक थोमस पिन्चोनलगायतका धेरै लेखकहरूलाई यसका दाबेदारका रूपमा हेरिएको थियो। यस क्रममा मार्गरेट एटवुड र लिडिया उल्त्स्कायाको नाम पनि चर्चामा थियो। तर अन्ततः एनी कार्सन याे बिश्व पुरस्कार पाउन सफल भइन् ।