विलियम शेक्सपियर (१५६४–१६१६) अँग्रेज नाटककार, कवि, अभिनेता हुन् । नाटक विधामा यति उच्चकोटीको नाटककार विश्वमा अरु कसैलाई मानिदैन। उनलाई बेलायतका राष्ट्रकवि पनि भनिन्छ ।
उनले आफ्नो जीवनकालमा ३९ वटा नाटक लेखे, साथै १५४ वटा लघुकाब्य र दुईटा लामा काब्य लेखे । उनका कृतिहरू संसारका धेरै भाषामा अनुदित भएका छन् । धेरै विश्वविद्यालय वा शिक्षण संस्थाका पाठ्यक्रममा राखिएका छन् ।
१८ वर्षको उमेरमा उनको एन्ने हाथावेसँग विहे भयो । तीनवटा छोराछोरी–सुसाना र ह्याम्नेट तथा जुडिथ (जुम्ल्याहा) भए । उनको ५२ वर्षकै उमेरमा निधन भयो, तर निधन के कारणले भयो यकिन छैन । जोहन वार्ड भन्ने एक पादरीको नोटबुकमा शेक्सपियर र अन्य दुई जना साथीहरूको भेटमा धेरै रक्सी पिएकोले उनको मृत्यु भएको उल्लेख छ भनिन्छ ।

यिनको पहिलो कृति द मर्चेन्ट अफ भेनिस (भेनिसको ब्यापारी) आठ कक्षामा पढियो । आदरणीय हेड सर दीनप्रसाद सुवेदीले अत्यन्त सरल तरिकाले बुझाउनु भएको थियो । ९/१० कक्षामा टु जेन्टलमेन अफ भेरोना पढेको। आई.ए.मा ह्यामलेट र बी.ए.मा जुलियस सिजर पढियो । रोमियो एण्ड जुलियट र रिचार्ड द्वितीय स्वाध्याय हो ।
अरु कृति पढिएन । शेक्सपियरका कृति उनकै समकालीन अँग्रेजी त आजका सबै अँग्रेजले पनि पढ्न सक्दैनन् । केही आधुनिक अँग्रेजी हिज्जेमा र केही हिन्दीमा पढ्न पाइयो । सनेट (लघु काब्य) लगायतका अन्य कृति पढेको छैन ।
उक्त वाणी इतिहासमा आधारित उनको नाटक ‘रिचार्ड द्वितीय’, खण्ड ५ दृश्य ५ को संवादबाट लिइएको हो-
"Hell is empty and all the devils are here."
शेक्सपियरले अँग्रजी भाषामा प्रवेश गराएका शब्द :
ल्याटिन, रोमन र ग्रीक भाषाबाहेक अँग्रेजीमा सबभन्दा बढी शब्द नाटककार विलियम शेक्सपियर एक्लैले घुसाएछन्— १७ सय शब्द । बी.ए. मा भाषाविज्ञान (Linguistics) पढदाको कतै उल्लेखित एउटा प्रसंग र टिपोट ।
उनका ३७ वटा नाटक र १५४ कविताभित्र पसेका रहेछन् आगन्तुक शब्द । केही उदाहरण : Assassination (हत्या), Advertising (विज्ञापन), Blanket (पाखी), Champion (विजेता), Gossip (बकम्फुसे कुरा), Generous (उदारमना), Lonely (एक्लो), Mimic (नकलबाजी), Ode (गीत वा ५० देखि २ सय पंक्तिको कविता), Puking (वाकवाकी/वान्ता गरिरहेको), Torture (यातना), Zany (मूर्ख टाईपको ठट्टावाज, मारुनी नाचको पुर्सुङ्गे) ।
चन्द्रमणि गाैतम