गण्डकी प्रदेशमा रहेका सहकारी संस्थाहरुको पुँजीमा सामान्य वृद्धि भएको छ । नेपाल राष्ट्र प्रकाशित गरेको उक्त आर्थिक गतिविधि अध्ययनले सो कुरा देखाएको हो ।
अध्ययनमा समावेश सहकारी संस्थाहरूको पूँजी २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा ०.६९ प्रतिशतले वृद्धि भई रु. ३ अर्ब २१ करोड ८८ लाख ९० हजार पुगेको छ । उक्त अवधिमा छानिएका १० सहकारी संस्थाहरूबाट यस प्रदेशमा सकंलन भएको निक्षेप १.३० प्रतिशतले ह्रास भई रु. १३ अर्ब ८ करोड ४४ लाख कायम भएको प्रतिवेदनमा जाइएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १०.८५ प्रतिशतले वृद्घि भएको थियो ।
ती सहकारी संस्थाहरूबाट यस प्रदेशमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्ममा ४.१८ प्रतिशतले कमी आई रु. ११ अर्ब १६ करोड ८६ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जामा २.२८ प्रतिशतले ह्रास आएको थियो । अध्ययनमा समावेश गरिएका सहकारीमा सदस्य संख्या ४.९८ प्रतिशतले वृद्घि भई १ लाख ९९ हजार ३७६ पुगेका छन् भने कर्मचारी सङ्ख्यामा ३.०८ प्रतिशतले ह्रास भई ४ सय ४० रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
नेपालपत्र संवाददाता