बुधबार, भाद्र ३ गते २०८३

“बचतऋणको कारोबार गर्न गठन भएका संघहरुलाई वित्तीय कारोबार नगर भन्नु गलत हो”

कार्तिक २६, २०८२ बुधबार
“बचतऋणको कारोबार गर्न गठन भएका संघहरुलाई वित्तीय कारोबार नगर भन्नु गलत हो”

नेपाल राष्ट्र बैंक र सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशनले संघहरुले बचतऋणको कारोबार गर्न नपाउने भएका छन्, यो विषय निकै पेचिलो बनाएर गएको छ नि, अबको बाटो के हुनसक्छ ?

सहकारी श्रमिक, मजदुर, कृषक र न्यून आय भएका मानिसहरु समूहमा मिलेर काम गर्ने थलो हो । आर्थिक रुपमा कमजोर र न्यून आय भएकाहरुले एक्लै सम्पन्न गर्न नसक्ने काम समूहमा मिलेर गर्न सकिन्छ भन्ने अवधारणा अनुसार सहकारीको शुरुवात भएको हो । तर विगतमा आर्थिक रुपमा सम्पन्न र पूँजीपतिहरुले पनि यस क्षेत्रमा हात हाले । त्यस्ता व्यक्तिरुले निजी स्वार्थ पूरा गर्न सहकारीको बचत आफ्नो व्यवसाय र निजी कम्पनीमा लगानी गरे । घरजग्गा लगायतका सबै क्षेहरु राम्रो चलायमान भएको अवस्थामा सहकारी संस्थाले राम्रै प्रतिफल दिएको पनि देखियो । कतिपय सहकारीले अस्पताल खोले, कतिले हाउजिङ बनाए त कोहीले हवाइजहाज समेत उडाए । हामीले सहकारीको काम त्यो होइन भनेर खबरदारी पनि ग¥यौं । 

बचतऋण सहकारीले बचत लिने र ऋण परिचालन गर्ने हो । बहुउद्देश्यीय, कृषि र उपभोक्ता सहकारीले उद्देश्य अनुसारको नै काम गर्ने हो । अस्पताल खोल्ने हो भने स्वास्थ्य सहकारी खोेलेर काम गर्नुपथ्र्यो । तर बचतऋण कै सहकारीले अस्पताल खोले । सहकारीले अस्पताल खोलेको जस्तो देखिए पनि कम्पनी खडा गरी सहकारीको बचत दुरुपयोग गरेको रहेछ । आर्थिक मन्दीका कारण घरजग्गा लगायतका क्षेत्रमा गरेको लगानी समस्यामा प¥यो । जसले गर्दा सदस्यहरुको बचत नै फिर्ता गर्न नसक्ने अवस्था आयो । हामीले सहकारी अभियानमा विकृति ल्याउनेहरुलाई कारवाही गर्नुपर्छ, उनीहरुको जायजेथाबाट सदस्यको बचत फिर्ता गर्नुपर्छ भनेर आवाज उठायौं । त्यसका लागि नियामक निकायमा क्षमतावान् जनशक्ति चाहिन्छ भनेर पनि माग ग¥यौं । 

समस्याको बीचमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको पनि जन्म भएको छ ।  त्यसका साथै सहकारीको नियमनका लागि राष्ट्र बैंकलाई पनि अधिकार दिने कुरा आएको छ । प्राधिकरणले निर्देशन तथा मापदण्ड जारी गर्दा संस्थाहरुले संघहरुमा राखेको बचतलाई तरलताको रुपमा गणना नगर्ने भनेर एउटा बुँदा आयो । सहकारीमा समस्या आउनुसँग त्यो विषय सम्बन्धित थिएन । सहकारीलाई कमजोर बनाउन बैंकर्सहरुको पनि खेल हुनसक्छ । तरलता गणना नगर्ने कुरामा सहकारी प्राधिकरण पनि सहमत भयो र सोही बुँदा प्राधिकरणले जारी गरेको निर्देशनमा पनि आयो । अहिले दुई वर्षको समय दिएर संघहरुले गर्दै आएको बचतऋणको कारोबार मिलाउन लागि भनिएको छ । 

अध्यादेशमार्फत सहकारी विधेयक पास भर २०८१ चैत्र १८ गते कानुन बन्यो । राष्ट्र बैंकले त्यसको ३ दिन पछि चैत्र २१ गते निर्देशन जारी गरेको थियो । अहिले आएको ऐनमा बचतको सीमा प्रष्टसँग तोकिएको छ । प्राथमिक पुँजी कोषको १० प्रतिशत मात्र बचत लिन पाउने व्यवस्था ऐनमा आयो । ३ दिनपछि राष्ट्र बैंकले ल्याएको निर्देशनमा जिल्लाभर कार्यक्षेत्र भएका संस्थामा प्रतिसदस्य १० लाख मात्र बचत राख्न पाउने भनियो । ऐनभन्दा विपरित राष्ट्र बैंक हुन सक्दैन । अर्कोतर्फ ऐनले सहकारी संस्था भन्नाले संघ र बैंकलाई समेत जनाउँछ भनेको छ ।  सहकारी संस्था अन्तर्गत संघ पनि हो भनेर व्याख्या गर्ने तर बचतऋणको कारोबार गर्न गठन भएका संघहरुलाई बचतऋणको कारोबार गर्न नदिने कुरा गलत छ । नाम नै बचत तथा ऋण सहकारी संघ भनेपछि अर्को काम हुँदैन । आफ्ना सदस्य संस्थासँग शेयर र बचत लिन अस्वीकार गर्ने कुरा आएको छ । यो अभियानको मर्मसँग बाझिएको छ । 

यो विषयमा प्राधिकरणसँग थुप्रै चरणमा छलफल र वार्ता भएका छन् । तर निकास आउन सकिराखेको छैन नि ? 

हामी प्राधिकरणका पदाधिकारीसँगै पनि बसेर यो विषयमा छलफल गरेका छौं । प्रदेशभरका जिल्ला बचत संघहरुको भेला बसेर एकीकृत रुपमा हाम्रो धारणा प्रस्तुत ग¥यौं । अभियानको लागि संघ आवश्यक छ । संघलाइ मास्न खोजेको होइन । नमिलेका कुराहरु हामी क्रमशः मिलार जान्छौं भनेर उहाँहरुले भन्नुभएको छ । तर राष्ट्र बैंकले जारी गरेको निर्देशन भनिरहँदा अझै दुविधा भने बाँकी छ । ऐनभन्दा विपरित निर्देशन आएकाले त्यहिबाट सच्च्याउनुपर्छ भन्ने हाम्रो माग हो । अहिले हामी प्राधिकरणसँग जोडिएको छौंं । उसले जारी गर्ने निर्देशनहरुमा हाम्रा माग सम्बोधन भएन भने विभिन्न चरणका आन्दोलनमा जान्छौं । पहिलो, वार्ता र छलफलमार्फत ऐन कानुमा भएका कुराको आधारमा वित्तीय कारोबार गर्न पाउनुपर्छ भनेर लबिइङ गर्छौं । एउटा निर्देशनको भरमा संघहरुलाइ सिध्याउन पाईंदैन भन्ने हाम्रो भनाई हो । सहकारी ऐन र नियमावलीले संघहरुलाई बचत ऋणको कारोबार गर्न रोक लगाएको छैन । मापदण्ड र निर्देशनका भरमा संघलाई कारोबार गर्न रोक लगाइयो भने संघको साँचो प्राधिकरणलाई बुझाइदिन्छौं । हामीले आयव्ययलाई व्यवस्थित रुपमा राखेका छौं । बैंक तथा वित्तीय संस्थाले समेत एकैपटक सबैलाई रकम फिर्ता दिन सक्दैनन् । हामी पनि पारदर्शी ढंगले संघको अवस्था यो छ भनेर देखाउन सक्ने क्षमता राख्छौं । दोश्रो, राष्ट्रिय स्तरमा भौतिक रुपमा भेला भएर दवाव दिन्छौं । तेश्रो, कानुनी उपचार खोज्छौं । ऐनले दिएको अधिकार कुनै निर्देशनले रोक्न खोज्यो भने कानुनी रुपमा पनि हामी लड्न तयार छौं । 

प्राधिकरणले समेत राष्ट्र बैंकको निर्देशन पालना गर्नुपर्ने भनिरहँदा प्राधिकरणलाई मात्र दवाव दिएर समस्याको समाधान होला ? 

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा संशोधन हुनुपर्छ । प्राधिकरणमा राष्ट्र बैंकबाट २ जनाले प्रतिनिधित्व गरिराख्नु भएको छ । यसर्थ प्राधिकरणलाई भन्नु भनेको राष्ट्र बैंकलाई समेत भनेको हो । 

यी विषयमा बुझाउन नसक्नु कतै अभियानको पनि कमजोरी हो कि ? 

यो विषयमा सहकारी महासंघ र केन्द्रीय संघहरुको भूमिका कमजोर देखिएकै हो । संघ र महासंघकाबीचमा एकताको अभाव देखिनुका साथै आफूहरुलाई केहि मर्का नपरेको जस्तो अनुभूति उहाँहरुले गरेको पाइयो । प्राधिकरण, सहकारी विभाग र प्रदेशबाट सहकारी संस्थाहरुको लागि निर्देशन र मापदण्ड जारी हुँदा समेत केन्द्रीय संघ र महासंघ चुप लागेर बसेका छन् । माथिल्लो संघहरु अभियानप्रति उत्तरदायी नभएको हामीले महशुस गरेका छौं । 

विषयगत संघहरुको आवश्यकता र महत्वलाई कसरी लिन सकिन्छ ?

सहकारीको छैटौं सिद्धान्तमा सहकारीबीच आपसी सहयोग भन्ने छ । त्यहि सिद्धान्तको आधारमा एउटा संस्थालाई अर्को संस्थाले सहयोग पु¥याउने उदेश्यका साथ संघहरुको जन्म भएको हो । यसले गर्दा जिल्ला, प्रदेश, केन्द्र हुँदै महासंघसम्म र अन्य राष्ट्रहरुमा समेत नेटवर्क जोडिएको छ ।  संघहरुको कारणले तालिम शिक्षा, संस्थागत विकासका साथै अन्तरलगानी मार्फत् संस्थाहरुलाई सहयोग पु¥याउने काम हुँदै आएको छ । संघहरु नहुँदो हो त संस्थाहरुले मात्र सरकारसँग लविइङ गर्नेदेखि दवाब दिनेसम्मको काम हुन सक्दैनथ्यो । यसले गर्दा पनि संघको आवश्यकता छ । संघ आत्मनिर्भर हुने भनेको वित्तीय कारोबारको माध्यमबाट नै हो । कुनै पनि संघसंस्था आर्थिक कारोबार विना बाँच्न सक्दैनन् भनेर विश्वका विद्वानहरुले भनेका छन् । यो अवस्थामा अन्तर लगानी गर्न नदिने भनेर संघलाई खुम्च्याउन खोजिएको छ । विगतमा केहि स्वच्छन्दता भयो होला । संघहरुले जथाभावी बचत लिने र ऋण लगानी गरेको भएपनि यो विषयमा छलफल गर्नु पर्ला नि । संघहरुका लागि छुट्टै मापदण्ड तयार गरी वित्तीय कारोबार गर्न दिनुपर्छ । संघहरुमा निश्चित प्रतिशतमा भएपनि तरलता राख्न दिने व्यवस्था आउनुपर्छ । अहिले भक्तपुर जिल्लामा ३० प्रतिशत मात्रै तरलता रकम अभियानभित्र रहेको छ । त्यस बाहेकको रकम बैंक तथा वित्तीय संस्थामा रहेको छ । 

संघको आवश्यकता त प्रारम्भिक संस्थाहरुको लागि छ नै । तर एउटा संस्था कति वटा संघमा सदस्य बन्ने भन्ने भने प्रष्ट हुन आवश्यक छ । एउटा संस्था एउटा संघमा रहने हो । जिल्ला भर कार्यक्षेत्र भएको संस्था जिल्ला संघमा आवद्ध हुने हो । एउटा संघमा अनिवार्य गर्नुपर्छ, त्यसबाहेक सबै संघमा आवद्ध गराउनु गलत छ । यसले अस्वाभाविक प्रतिस्पर्धा बढाउँछ । एउटा संस्था एउटा संघमा मात्रै आवद्ध हुनुपर्छ । यो संस्थाहरुको छनोटको विषय हो । त्यसो हुँदा आवद्ध संघले संस्थालाई सही मार्ग निर्देशन गर्छ र सदस्यहरुको बचतको सुरक्षा कायम गर्न थप मदत पुग्छ । 

प्राधिकरणले जारी गरेको मापदण्ड र निर्देशनका बुँदाहरुले संस्थाहरुलाई समेत समस्या पार्ने देखिन्छ नि ? यो विषयमा संघहरुको ध्यान जानुपर्दैन ?

संघको त तरलता गणनाको विषय मात्र हो । हामीले अभियानसँग सम्बन्धित  मुद्दालाई नै उठान गर्ने हो । प्रारम्भिक संस्था नभई संघ बन्दैन । सदस्यहरुले संस्थामा गर्ने बचतको सीमा तोक्नु हुँदैन भनेर हामीले भनिराखेका छौं । भाखा नाघेको ऋणको प्रोभिजन गरेर जानु पर्ने विषय छ । यसका लागि समय सीमा बढाउन हामीले माग गरेका छौं । कतिपय विषयहरु संस्थाहरुलाई सुशासनमा राख्नको लागि आएको छ । वित्तीय अनुशासन पालना नगरेमा वित्तीय संस्था धरासायी हुने भएकाले कतिपय बुँदाहरुलाई अभियानले पालना गरेर जानुपर्छ । यी कुरा पहिले नै आउनुपथ्र्यो । कतिपय संस्था भागि सके, विग्रने संस्था विग्रिइसके । अहिले राम्रोसँग सञ्चालन भइराखेका संस्थालाई च्याप्ने गरी निर्देशनहरु आएका छन् । त्यसैगरी सञ्चालक समितिले ऋण लिन नपाउने, व्यवस्थपाकले दुई कार्यालय मात्र काम गर्न पाउने जस्ता विषय संशोधन हुनुपर्छ भनेर हामीले माग गरेका छौं । सञ्चालकले ऋण लिन नपाउने कुरा बैंकमा हो । बैंक पुँजीपतिले सञ्चालन गरेका हुन्छन् । सहकारीमा न्युन आय भएकाहरु मिलेर काम गर्ने हो । सञ्चालकले पनि काम गर्न ऋण लिनुपर्छ । आफु सञ्चालक भएको संस्थाबाट ऋण लिन नपाएपछि कसरी सहकारीकर्मी होइन्छ । बरु सञ्चालक र सदस्यबीच विभेद नगरी ऋण लिन पाउने व्यवस्था गर्दा हुन्छ । सञ्चालक भएकै कारण सहुलियत र छुट जस्ता कुरा नपाओस् । सदस्यले सरह नै धितो राखेर सञ्चालकले पनि ऋण लिन पाउनुपर्छ । सञ्चालक भएपछि तीन पुस्ते र सम्पत्तिको विवरण बुझाउनुपर्छ । तर ऋण लिन पाएनन् भने सहकारीमा सञ्चालक बस्ने व्यक्ति पाउनै समस्या हुन्छ । यसले सहकारीलाई अगाडि बढाउन नेतृत्वको अभाव हुनेसम्मका समस्या आउन सक्छन् । अर्कोतर्फ सहकारी सामाजिक व्यवसाय भएकाले व्यवस्थापकको समयावधि तोक्नु गलत हुन्छ । सानो संस्था हुँदा थोरै तलबमा काम लगाएको हुन्छ । अहिले संस्था सक्षम भएपछि तिम्रो काम छैन, अर्को व्यवस्थापक ल्याउने भन्ने कुरा गलत हुन्छ । सहकारी बैंक होइन् । लोन लष्ट प्रोभिजन विश्वभर अभ्यासमा रहेको छ, यो गर्न सकस भएपनि यसलाई गर्दै जानुपर्छ । वित्तीय अनुशासन र वित्तीय सक्षमता कायम गर्न कर्जामा सकभर भाखा नाघ्न दिनुहुँदैन । भाखा नाघेमा त्यसलाई व्यवस्थापन गर्न प्रोभिजन गरेर जानुपर्छ ।

सहकारी प्राधिरकणले नेपालको सहकारी संघ संस्थालाई कतातर्फ लैजाला, अब सहकारी क्षेत्र सुरक्षित र व्यवस्थित हुनेमा कतिको आशावादी हुन सकिन्छ ?

सहकारी नियमन प्राधिकरण सहकारीलाई प्रवद्र्धन गर्न नभई नियमन नै गर्न आएको हो । नियमन गर्न आएको संस्थाले प्रवद्र्धनको काम गर्दैन । उसले सहकारी संस्थालाई कस्ने मात्र कुरा गर्छ । यदि कुनै पनि संघ संस्थाले पारदर्शितापूर्वक वित्तीय कारोबार गर्दै आएका छन् भने जुन सुकै नियमन आए पनि केहि फरक पर्दैन । संस्थाहरुले नजाने वा नबुझेर गल्ती गरेका छन् भने सुधारको लागि समय दिनुपर्छ । त्यसबाहेक जस्तो सुकै नियमन आएपनि राम्रोसँग काम गरेका संस्थालाई केहि असर गर्दैन । सहकारी ऐननियम अनुसार सञ्चालन भएका संस्थाहरु समुदायमा सधै रहन्छन् । 

सहकारी प्राधिकरणले संस्थाहरु दर्ताको प्रक्रिया खुलाउने तयारी गरेको छ । संस्थाहरुको डाटा जे छ, ती सबै राख्न लगाउने प्राधिकरणको योजना छ । जगेडा कोष ऋणात्मक भएका संस्थाहरु पनि छन् कि भनेर प्राधिकरणले हेर्नेहोला । त्यसैगरी शेयर पुँजी ,बचत संकलन र ऋण लगानीको अवस्था के छ भनेर प्राधिकरणले हेर्छ ।  ठुलो ऋण सञ्चालकहरुले पनि चलाइराखेका छन् कि छैनन् भनेर पनि प्राधिकरणले १०० ठूला ऋणीको डाटा मागेको हुनुपर्छ । जसले इमानदारीपूर्वक काम गरिराखेका छन् ती संस्थालाई यसले केहि फरक पर्दैन । मनोमानि ढंगले सञ्चालन भएका, शेयर पुँजी र जगेडा कोष बलियो नभएका तथा संस्था घाटामा हुँदाहुँदै पनि लाभांश बाँढेका संस्थाहरुको हकमा समस्या पर्न सक्छ । प्राधिकरणमा संस्था दर्ता हुँदैमा केहि फरक पर्दैन । तर हरेक बर्ष शुल्क तिरेर नविकरण गर्ने कुरा गलत हो । यस अघि लेखा परीक्षण प्रतिवेदन र साधारण सभा सम्पन्न भएपछि नविकरण भइहाल्थ्यो । अहिले हरेक बर्ष दस्तुर तिरेर नविकरण गर्ने कुरा आएको छ । यो भने गलत छ । शुल्क उठाउनको लागि दर्ता गरेको हो कि भन्ने भान हामीलाई भएको छ । तर संस्थाहरु अपडेट गर्ने कुरा नराम्रो होइन । 

प्राधिकरणमा दर्ता हुने संस्थाहरुले कम्पनी र घरजग्गामा लगानी गरेको रकम उल्लेख गर्नु भनेको छ । बचत ऋण सहकारी संस्थाले कम्पनीमा लगानी गर्नु हुँदैन । सहकारी संस्थाले घर जग्गामा लगानी गर्नु कानुन विपरित हो । प्राधिकरणले बहुउद्देश्यीय सहकारी संस्थालाई पनि दर्ता गराउन यो व्यवस्था गरेको हुन सक्छ । सहकारी ऐन २०७४ जारी भएको ३ बर्षभित्र ३० प्रतिशत भन्दा बढी बचत ऋणको कारोबार गर्ने संस्थाहरुलाई बचतऋणमा परिवर्तन हुन समय दिइएको थियो । ऐन आएको ८ बर्ष भइसक्यो । अहिले आएर बहुउद्देश्यीय सहकारीलाई प्राधिकरणले मान्यता दिनु गलत हुन्छ ।  


अहिले सहकारी प्राधिकरणसँगै स्थानीय, प्रदेश र संघिय विभागले समेत समय समयमा निर्देशन जारी गरेको देखिन्छ, यसले सहकारी संस्थाहरुलाई कसको निर्देशन पालना गर्ने भन्ने अन्यौलता थपिएको छ नि ?

अहिले नियामक निकायबीच ‘तँ भन्दा म के कम’ भन्ने अवस्था देखिएको छ । यसको मतलव नियामक निकायबिच नै प्रतिस्पर्धा चलेको छ । असल अभ्यास गरेर अगाडि बढेका संस्थालाई जतिसुकै निर्देशन र मापदण्ड जारी भए पनि केहि समस्या पर्दैन । वित्तीय पारदर्शिता पहिलो कुरा हो । त्यसलाई पालना गरेका संस्थाहरुलाई जतिसुकै दुख दिन खोजे पनि केहि हुँदैन । सरकारी निकायहरुले एकीकृत ढंगले निर्देशन जारी गरेको भए राम्रो हुन्थ्यो । 

भक्तपुर बचत संघको अध्यक्षको रुपमा दुई कार्यकाल बिताउनुभयो । बचत ऋण अभियानलाई व्यवस्थित बनाउन तपाईंको कार्यकाल कस्तो रहयो?

म सिद्धिगणेश सहकारीबाट प्रतिनिधित्व गरेर जिल्ला बचत संघमा आएको हुँ । संस्थामा भएका केहि असल अभ्यासहरुलाई प्रयोग गर्न मैले संघ रहँदा प्रयास गरेँ । संघ वित्तीय, आर्थिक र भौतिक हिसाबले सबल हुनुपर्छ भनेर हामी लागिरह्यौं । मैले भन्दा पनि हामीले टिमवर्कमा फोकस ग¥यौं । संघमा एउटा व्यक्तिको मात्र कुरा हुँदैन । सञ्चालक र कर्मचारीको टिमवर्कले गर्दा आत्मनिर्भर संघ बन्न सकेका हौं । संघ वितेका बर्षमा राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, बागमती प्र्र्र्र्र्र्र्र्रोस्कून, राष्ट्रिय सहकारी बैंकबाट समेत पुरस्कृत भयो । अहिले सबै हिसाबले संघ सक्षम छ । हामीले प्रारम्भिक सहकारी संस्थाहरुलाई बलियो बनाउन धेरै प्रयत्न गरेका छौं । तालिम, संस्थागत विकास र बहस पैरवीको माध्यमबाट संस्थाहरुको सबलिकरणमा हामीले काम ग¥यौ । सदस्य संस्थाहरुको अभिभावकत्व निभाउने कुरामा लागि रहयौं । यस अघिको नेतृत्वले गर्दै आएका कामलाई निरन्तरता दिँदै अघि बढ्यौं । सहकारी प्राधिकरण र सहकारी विभागले जारी गरेका निर्देशन तथा मापदण्डका बारेमा सदस्य संस्थाहरुलाई बुझाउन हामीले धेरै कार्यक्रमहरु गरेका छौं । 

नियामक निकायको सहयोगीको भूमिका पनि हामीले निभाएका छौं । नियामक निकायले सामाजिक सञ्जालमा निर्देशन र मापदण्ड जारी गरिदिए पुग्छ । तर हामीले हरेक पटक जारी भएका निर्देशनका बारेमा सदस्यहरुलाई भेला गरी सुसूचित गर्ने र त्यसको सबल तथा दुर्बल पक्षका बारेमा जानकारी दिने काम गरेका छौं । भक्तपुर जिल्लाको बचत ऋण सहकारी अभियानलाई व्यवस्थित गर्न ठुलो भूमिका खेलेका छौं भन्ने लाग्छ । संंघमा आवद्ध कुनै पनि संस्थाहरु ताला लगाएर भाग्नु पर्ने अवस्था आएको छैन । एकाध सहकारीले सदस्यको बचत समयमा फिर्ता गर्न नसकेको कुरा आएको छ । तरपनि सदस्यहरुलाई सम्झाईबुझाई बचत फिर्ताको लागि पहल गरेका हामीले पाएका छौं । अरुको लहलहैमा लागेका कारण ती संस्थामा वित्तीय संकट आएको पाइयो । घरजग्गामा लगानी गरेकाले केहि संस्था समस्यामा परे । जिल्ला बचत संघ मार्फत् संवाद गरी संस्थाहरुमा संकट आउन दिएका छैनौं । भक्तपुरका सहकारी संस्थाहरुले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा ठुलो योगदान पु¥याएका छन् । अरुको बसमा चलाउनेहरु अहिले आफै गाडीमालिक भएका उदाहरण प्रशस्तै छन् । कतिपय मोहीहरु अहिले जग्गाधनी बन्न पाएका छन् । विगतमा खासाको व्यापार गर्नेहरु अहिले अन्तर्राष्ट्रिय व्यापार गर्ने भएका छन् । भक्तपुरका सहकारी सामाजिक कार्यमा पनि अगाडि छन् । एक बर्षमा ५ हजार सदस्यले रक्तदान गरेको पाइयो । यसले विरामीको लागि आवश्यक पर्ने रगतको अभावालाई पूर्ति गर्न ठुलो योगदान पुगेको छ । 

यो साधारण सभाले संघको नयाँ नेतृत्व समेत चुन्दै छ, कसरी नेतृत्व चयन गर्नुहुन्छ ?

मेरो दुई कार्यकाल सकिँदै छ । मैलै स्वाभाविक रुपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ । संघ स्थापना भए देखि नै टिमवर्कमा काम हुँदै आएको छ । एकै पटक नयाँ व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्दा दुर्घटना पनि पर्न सक्छ । हामीले विगतदेखि नै नेतृत्वमा अपग्रेड गर्दै लगेका छौं । पुरानालाई नेतृत्वमा माथि लैजाँदै नयाँहरुलाइ्र्र पनि संघमा भित्राउने काम हुँदै आएको छ । हामीसँग ४ वटा नगरपालिकाका सदस्य आवद्ध हुनुहुन्छ । जुन नगरपालिकाका बढी सदस्य संस्था संघमा आवद्ध छन्, त्यसैको आधारमा नेतृत्वमा स्थान दिने परिपाटी छ । संघमा सदस्य संस्थाहरुको आधारमा चारवटै नगरपालिकाबाट प्रतिनिधित्व रहन्छ । संघमा ९ जना सञ्चालक समिति रहने भनेर विनियममा नै व्यवस्था गरेका छौैंं । सहकारी प्राधिकरणले जारी गरेको निर्देशन र मापदण्डमा पनि ९ जनासम्म सञ्चालक समिति रहन सक्ने व्यवस्था भएर आएको छ । सहकारी क्षेत्रमा अहिले सहज परिस्थिति नभकाले सकेसम्म सर्वसम्मत रुपमा नयाँ सञ्चालक समिति चयन गर्छौं ।